कलैया । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १६ स्थित सशस्त्र प्रहरीको ब्यारेक भवनको उद्घाटन सम्पन्न भएको छ । श्री सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण हेड क्वाटर परिसरमा बल्लादार जवानको भवन उद्घाटन गरिएको हो ।
उक्त भवन सकल दर्जाको श्रमदान,आन्तरिक श्रोतसाधन , स्थानीय निकायहरु,एवं उद्योगीहरुको सहयोग मा निर्माण भएको हो ।
कार्यक्रम को प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी का बाहिनीपती नायब महानिरीक्षक डिआइजी चन्द्र प्रकाश गौतम ,बिशिस्ट अतिथी मा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव ,निजगढ नगरपालिकाका नगर प्रमुख शुरेश खनाल , महागढिमाई नगरपालिकाका उपप्रमुख तारादेबी कानु , प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै उद्घाटन कार्यक्रम मा बारा का प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल , जिल्ला प्रहरी कार्यालय बारा का प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाही ,सशस्त्र प्रहरी बल का प्रमुख प्रहरी उपरीक्षक रबिनराज कर्णजित लगायतको उपस्थिति रहेको थियो ।