क्रियाशील सदस्यता छानबिन आज शुक्रबार दिनभरमा निष्पक्ष ढंगले गर्न समितिलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाको निर्देशन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 878 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

       सिमरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता छानबिन निष्पक्ष ढंगले गर्न दबाब स्वरूप अनशन बस्दै आएका पार्टीका नेता, कार्यकर्ताको माग तत्काल सुनुवाइ गर्न क्रियाशील सदस्यता छानबिन समितिलाई निर्देशन दिएका छन् ।

         बारा, सप्तरी लगायतका जिल्लाहरुमा पार्टीको क्रियाशील सदस्यता विवाद बढदै गएपछि छानबिन समितिलाई प्रधानमन्त्री एवम पार्टी सभापति देउवाले यस्तो निर्देशन दिएका हुन् । बूढानीलकण्ठस्थित आफ्नै निवासमा शुक्रबार बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा प्रधानमन्त्री समेत रहेका सभापति देउवाले धाँधली रहित ढंगले पार्टीको क्रियाशील सदस्यता छानबिन गर्न समितिलाई निर्देशन दिएका हुन ।

 सभापति देउवाले धाँधलीरहित ढंगले पार्टीको क्रियाशील सदस्यता छानबिन गर्न दबाब दिँदै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिँदै आएका नेता, कार्यकर्ताहरुको माग आज शुक्रबार दिनभरमा सुनुवार्इ गरी शनिबार बिहान बस्ने पदाधिकारी बैठकमा पेस गर्न छानबिन समितिलाई सचेत गराएका हुन् ।

 बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले साउन १० गते आइतबार आफ्नो समितिको प्रतिवेदन पार्टीलाई बुझाउने तयारी गरिएको जानकारी समेत गराएका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content