बाराको सदस्यता विवाद सुल्झाउन डा. पराजुलीको आग्रह

तराइ संचार
तराइ संचार 729 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान
बारा । नेपाली काग्रेस बारामा देखिएको सदस्यता विवादलाई समयमैै समाधान गर्न संविधान सभाका सदस्य डाक्टर शोभाकर पराजुलीले आग्रह गर्नु भएको छ ।
सदस्यता विवादमा बाराका पार्टीका सबै गुटका नेताहरले आआफनै अधिकारिताको दावी गर्दै लामो समय देखि धर्ना बसेको भएपनि अहिले सम्म नेतृत्व बर्गले चासो नदेखाएको भन्दै चाडो भन्दा चाडो बिवाद सुल्झाउन आग्रह गर्नु भएको हो ।
बारामा भेटिएका पराजुलीले पत्रकारहरुसगको भेटमा सो आग्रह गर्नु भएको हो । बारा निवासी डा. पराजुलीले बाराको विवाद जहा हो त्यहीका कार्यकर्ताहरुले मिलाउनु पर्ने भएपनि नेतहरुकै हस्तक्षेपका कारण विग्रीएको समेत बताउनु भयो ।

लामो समयदेखि क्रियाशील सदस्यता विवादको न्यायपूर्ण समाधान नगरिए अवस्था गम्भिर बन्न सक्ने भएको हुदा समयमा नै समाधान गर्नुपर्ने डाक्टर पराजुलीको धारणा रहेको छ । देउवा पक्षधरले आफुहरु पार्टीको बिधान, नियमावली, समायोजनको निर्णय एवम केन्दीय समितिको निर्देशनमा रही बिधी र प्रक्रिया अनुसार नयाँ सदस्यता एवम पुरानो नवीकरण गरिएको बताएका छन् भने पौडेल र सिटौला समुहकाले विधी र बिधान विपरित गई दिएको सदस्यता खारेजको माँग गर्दै धर्नामा बसेका छन । त्यसैले दुवै पक्षका नेताहरुलाई राखी बार्ताका वातावरण मिलाई समस्या समाधान आजको आवश्यकता भएको डाक्टर पराजुलीले बताए ।

जिल्लाको विवाद नसुल्झेका कारण निर्धारित समयमा हुन भनिएको वडा समितिको अबिधेशन सरेको छ । समाधानका लागि सबै पक्षधरका केन्द्रीय नेतृत्वको ध्यान जान जरुरी रहेको हुदा गम्भिर बन्न पराजुलीले आग्रह गर्नु भएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content