सुवर्णबासीलाई सिचाईका लागि निःशुल्क बोरिेङ्ग– अध्यक्ष यादव

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

कलैया । सुवर्ण गाँउपालिकाले यस आर्थिक बर्ष २०७८÷७९मा किसानहरुका लागि खेतमा सिचाई उपलब्ध गराउन हरेक घरधुरीलाई खेत सम्म पुग्ने तारपोल जडान गरि एक थान बोरिङ्घ निशुल्क दिने भएको छ ।

बजेट निती तथा कार्यक्रममानै सो योजना र कार्यक्रम राखी हरेक किसानलाई सिचाई सुबिधा पुराउने लक्ष्य अनुसार एक थान बोरिङ्घ निशुल्क दिने भएको गाँउ पालिकाका अध्यक्ष महेन्द्र यादवले बताए ।

किसानहरु एक थान बोरिङ्घ निशुल्क पाउने भएपछि हर्षित एवम लाभान्वित भएका छन् । तराई मधेसका जिल्लाहरु संगै सिगो नेपाल नै कृषि प्रधान देशको रुपमा परिचित रहेको अवस्थामा धान, गहु, उखु, मकै, लगायत अन्य बालीनाली उब्जाउनका लागि सिचाई नहुदा समस्या हुदै आएको छ । किसानहरुको सो समस्यालाई मध्यनजर गर्दै निशुल्क १ थान बोरिङ्घ ५ सय घरधुरीलाई दिने निर्णय अनुसार कार्यक्रम अगाडी बढेको पालिकाका अध्यक्ष यादवले जानकारी दिए । सिचाईका अभावमा बालीनालीहरु राम्रो संग उब्जनी नहुने भएकोले किसानहरु पिडा खेप्दै आएका छन । सिचाईको भरपर्दो सुबिधा भएपछि दुई बाली भदैया, अगहनी धान उब्जाउने काम गर्न सक्ने किसानहरुले बताएका छन् ।

पालिकालाई धुवा मुतm पालिका बनाउने पबित्र उदेश्यका साथ करिब ५ सय घरधुरीलाई ग्याँसचुलो, सिलिन्डर उपलब्ध गराउनका लागि पनि बजेटमा रकम छुटाइएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत नविनकुमार श्रीबास्तवले बताए । गरिब , असहाय, बिपन्न बर्ग जो साच्चै स्वच्छ, सफा खानेपानीबाट बंचित हुन पुगेका परिवारहरुलाई चापाकल निशुल्क बितरण गर्नका लागि बजेटमा कार्यक्रम छुटयाइएको गाँउपालिकाका उपाअध्यक्ष बबिता यादवले बताईन ।

त्यस्तै जन्मेकी छोरीहरुलाई रु ५ लाखको बिमा गर्नका लागि आर्थिक बर्ष २०७८÷७९ सालको बजेटमा रकम बिनियोजन गरिएको पालिकाका अध्यक्ष यादवले बताए । कक्षा ८ देखि १२ सम्ममा अध्ययन गर्ने छात्र, एवम छात्राहरु मध्ये प्रथम, दुतिय, तृतिय हुनेहरुलाई क्रमश ४१, ३१ र २१ हजार प्रोत्साहन स्वरुप सबै कक्षाकालाई दिने कामको निरन्तरता यस बर्षमा पनि दिएको अध्यक्ष यादवले बताए ।

गरिब तह तप्काका ब्यतिmहरुको छोरा छोरीलाई विवाह गर्न सजिलो होस भने उदेश्यका साथ विवाह मण्डप निर्माण गर्नुको साथ साथै छिटो, छरितो एवम प्रभावकारी रुपमा आफनो गाँउ ठाँउमा सेवा पायोस त्यसका लागि ८ वटा वडा रहेकोमा वडा नम्बर ७ बाहेक सबै वडामा वडा कार्यालय निर्माण गरि संचालनमा आइसकेको र चाडै वडा नम्बर ७ मा वडा कार्यालय निर्माण गरिने लक्ष्य अनुसार काम अगाडी बढाएको पालिकाका अध्यक्ष यादवले बताए ।

भौतिक पुर्वाधार जस्तै बिधालय भवन निर्माण, स्वास्थ्य चौकी निर्माण, सामुदायिक भवन निर्माण, पुल पुलेसन, कल्भर्ट निर्माण, बाटोघाटो निर्माण, लगायतका काममा पनि उलेख्य प्रगती हासिल गरेको उनले बताए । वृद्धवृद्धा, एकल महलिाहरुको सहजताका लागि बैक सम्म लैजाने र ल्याउने समेतको काम पालिकाले आफनो गाडीमा राखी भत्ता दिने काममा सहयोग गर्दै आएको उनले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content