निजगढमा बिद्यालयलाई भौतिक उपस्थितिमा पठनपाठन नगर्न निर्देशन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 442 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । कोरोना भाईरसको तेश्रो भेरियन्ट बढदै गएपछि निजगढ नगरपालिकाले भौतिकरुपमै शुरु गरेका बिद्यालयहरुलाई फेरी भौतिक उपस्थितिमा पठनपाठन नगर्न निदेशन दिएको छ ।

कोरोनाको दोश्रो भेरियन्टको प्रकोप निरन्तर रही रहेको र फेरी कोभिड सक्रमितहरुको संख्या क्रमश बढ्दै गएको छ ।

नगरपालिकाका विद्यालयहरुमा वैकल्पिक सिकाईको माध्यममबाट पठनपाठन गर्न यस अघिदेखिनै निर्देशन भएको र भौतिक उपस्थितिबाट पठनपाठन गर्ने भन्ने कुनै निर्णय नभएको सबैमा निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।

कोभिड १९ को उच्च जोखिम कायमै रहेको बिद्यमान अवस्थामा स्वास्थ्य मन्त्रालयले समेत जोखिम फैलदै गएकोले सावधानी अपनाउन अनुरोध गरेकाले भौतिकरुपमा संचालनमा रहेका विद्यालयहरुलाई वैकल्पिक माध्यमबाट विद्यालय संचालन गर्न निर्देशन भएको नगरप्रमुख खनालले बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content