निजगढ । राष्ट्रिय युवा संघ नेपाल बारा द्वारा १०१ सदस्य जिल्ला कमिटी गठन गरेको छ । माधव झलनाथ समुहको राष्ट्रिय युवा संघ नेपाल बारा हुदै आएकोमा हाल केपी ओली समूहले युवा संगठन निर्माणमा तिब्रता दिएको हो ।
राष्ट्रिय युवा संघ नेपाल बाराको गठित जिल्ला उपाध्यक्षमा मोतिलाल चौधरी, सचिबमा गणेश कोईराला, सह–सचिबमा अमृत अधिकारी र कोषध्यक्षमा जगदिश राम रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा रुपेश न्यौपाने , कृष्णमुरारी यादब, मेराज आलम असलम मंसुर सुनिल गुप्ता , चन्दन पटेल लगायत १०१ सदस्य रहेका छन् ।
त्यसैगरी निर्वाचन क्षेत्र नं. १ मा अध्यक्ष उमेश सापकोटा , सचिब हितलाल चौधरी , क्षेत्र नं. २ मा अध्यक्ष मोतीलाल चौधरी सचिबमा राज किशोर कुशवाहा, क्षेत्र नं. ३ मा अध्यक्ष असलम मंसुर सचिबमा भरत लोप्चन रहेका छन् ।
त्यस्तै ४ नं. क्षेत्रमा अध्यक्ष राजेश यादब सचिबमा शकिल हुसैन चयन भएका छन् । त्यस्तै पालिकामा अध्यक्ष एवम सचिब चयन समेत गरिएको छ ।
राष्ट्रिय युवा संघ नेपालका केंद्रीय सचिवालय सदस्य एवं बारा जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम साह र उपप्रमुख ईमोबिन आलमले विज्ञप्ती मार्फत समिति गठन गरेको जनाएका छन् ।
कलैयामा अध्यक्ष पप्पु कुमार साह र सचिब जलन्धर यादब रहेका छन् । जीतपुरसिमरामा गौरभ नेपाल अध्यक्ष र सेराजुल अंसारी सचिब रहेका छन् । कोल्हबीमा अध्यक्ष नन्देश्वर चौधरी सचिब कृष्णनन्दन चौधरी, निजगढमा अध्यक्ष प्रेम बहादुर लामा , सचिबमा राम कुमार लामिछाने रहेका छन् ।
सिम्रौनगढको अध्यक्षमा दिपेन्द्र कुशवाहा सचिब सनि गुप्ता, पचरौतामा अध्यक्ष सुनिल कुमार यादब सचिबमा रोशन यादब , महागढीमाईमा अध्यक्ष अमित चौधुर सचिबमा राजकिसोर कुशवाहा, परवानीपुरमा अध्यक्ष रामबाबु चौहान , सचिबमा दिपेश महतो र फेटामा अध्यक्ष सदाम अंसारी र सचिब प्रेमचन्द्र साह रहेका छन् ।
विश्रामपुरमा अध्यक्ष रमेश गुप्ता, सचिबमा मंगलप्रताब यादब देवतालमा प्रमोद यादबर सचिबमा नविन पटेल, बारागढीमा अध्यक्ष सुनिल चौधरी सचिब राजु पटेल , करैयामाईमा अध्यक्ष मनेन्द्र चौधरी , सचिबमा ओमप्रकाश चौधरी , सुवर्णमा अध्यक्ष अनिल कुमार साह, सचिबमा मुकेश साह र प्रसौनीमा अध्यक्ष फिरोज हवारी र सचिबमा गणेश साह चयन भएका छन् ।