निजगढ । निजगढमा करिब ३५० विभिन्न जातका बिरुवा बृक्षारोपण सम्पन्न भएको छ ।
लायन्स क्लबको बार्षिक कार्यक्रम अनुसार हरेक बर्ष बृक्षारोपण कार्यक्रम अनुसार गर्दै आएको यस बर्षको बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
लायन्स कल्ब अफ निजगढ पिस र लायन्स कल्ब अफ निजगढको संयुक्त आयोजनामा भएको बृक्षारोपण कार्यक्रममा पिसका अध्यक्ष रन्जन लामिछाने पुर्व अध्यक्षहरु पवन श्रेष्ठ, बिकास लामा, उपाध्यक्ष सुदिप तिमल्सिना, पिसका सदस्यहरु सोनु लामा पाल्देन लामा सोमसिङ लामा रविराज दङाल लगायतको उपस्थिति रहेको थियो भने लायन्स कल्ब अफ निजगढका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, लायन्स क्लबका पुर्व अध्यक्षहरु रामचन्द्र जैसवाल प्रभात सिग्देल , कैलास तिमल्सिना, लोक प्रसाद न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।
निजगढ फुटबल क्वलका अध्यक्ष शम्भु थापा सदस्य अजय लामा लगायतको समुहले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित हिरालाल रंगशालामा बृक्षारोपणमा सहयोग गरेको थियो ।
गौरी शंकर क्याम्पस र वडा नम्बर ६ स्थित बाल मैत्री पार्क गरी विभिन्न स्थानहरुमा अशोक, गोलमोल फुल, अमला, धुपी , रक्तचन्दन लगायतका विभिन्न प्रजातिको बोटविरुवाहरु लगाई बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।