पूर्व–पश्चिम महेन्द्र राजमार्ग सवारीनै दुर्घटना हुने गरी ठाउँ ठाउँमा खाल्डा

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 719 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

निजगढ— देशकै लाइफ लाईनकारुपमा रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्ग सवारीनै दुर्घटना हुने गरी ठाउँ ठाउँमा खाल्डा खुल्डी भएपनि सडक डिभिजन कार्यालय र सम्बन्धित निकाय मौन बनेका छन ।

बाराको चुरियामाई देखि रौतहट, सर्लाही, महोत्तरी लगायत अधिकाशं लाईफ लाईन मानिएको राजमार्ग क्षेत्रमा सडक ठुलाठुला खाडल बनेपनि संघिय , प्रदेश र सडक लगायत सम्बन्धित निकाय मौन बस्दै आएका छन् ।

सडक डिभिजन कार्यालयले अलकत्रा राखेर गुणस्तरहिन सडक टालटुल गर्ने गरेको र टालटुल गरेकै केहि दिनमै फेरी सडकमा खाडल हुने गरेको छ । सडक विभाग र सडक कार्यालयले राजमार्गमा रहेका पुलहरुको खाडल समेत मर्मत नगर्दा पुल भत्कने खतरा बढेको छ ।

पुलको रड समेत भाचिने गरी खाडल बनेपनि मर्मत समयमै नहुदा पुलमा सयौ सवारी जाम पर्दै आएका छन् । जसका कारण वाग्मती, लालबकैया, पसाहा चाँदी खोलाको पुल जर्जर बनेको छ । पुल कट्न सवारीसधानले निकै सास्ती खेप्नुपर्छ ।

सडक डिभिजन कार्यालयले अहिले धन्सार–वाग्मती खण्डको २७ किमि सडकका खाल्डाखुल्डी टालिरहेको छ । एक पटक खाडल टाल्दा सडक डिभिजनको झन्डै २० लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको बताईएको छ । पछिल्लो ३ वर्षमा यसमा मात्रै ५० लाख रुपैयाँभन्दा बढी खर्च भएको छ । सडक डिभिजन कार्यालयका इन्जिनियर यादव सुवेदीले राजमार्गले भार थेग्न नसक्दा सडकको कालोपत्र उप्किएर खाडल हुने गरेको बताएपनि गुणस्तरहिन काम गरेका कारण सडक उप्किने गरेको बताईएको छ । राजमार्गमा परेको खाडल पुर्न गिटि मिक्सङनै नगरी अलकत्रा र गिटी हाल्ने गरेपछि कति दिन टिक्छ एक याताया ब्यबसायीले बताए । हामीले देखेका छौ कसरी झारा टारेर मर्मत भएको छ भनेर अनि हालेको दुईचारदिनमै खाडल नबनेर के बन्छ उनले बताए ।

पूर्व–पश्चिम राजमार्ग हुँदै दैनिक हजारौ सवारीसाधन चल्ने भएपनि सडकको लापर्वाही हेर्दा दुख लाग्छ । खाल्डोमा परेर कतिखेर गाडी पल्टिन्छ भन्ने चिन्ता लाग्ने निजगढका ट्रक चालक कुमार लामाले बताए । ‘सडकले टालेको जस्तो गर्छ । तर झरी परेपछि सबै उप्किन्छ,’ उनले भने, ‘बलियो कालोपत्र बनाउनुपर्नेमा पैसाको नाश मात्र भएको छ ।

राष्ट्रिय राजमार्गको अबस्था बारे केही समयअघि प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजले पनि राष्ट्रिय राजमार्गमा खाल्डा खुल्डी भई गए–गुज्रेको रहेको बताएका थिए । ‘राष्ट्रिय राजमार्ग हाम्रो लाइफलाइन हो,’ उनले भनेका थिए, ‘बर्सेनि टालेर हुँदैन । यसलाई नयाँ ढंगले फराकिलो बनाउनुपर्छ ।’

राजमार्गमा पहिले सवारीसाधनको चाप कम थियो । अहिले चाप बढेकाले सडकमा खाल्डाखुल्डी बन्नेबित्तिकै आवागमनमा समस्या देखिन र सवारी दुर्घटना समेत बढाएको ट्राफिक प्रहरीले जनाएको छ  ।

शेयर
प्रतिक्रिया
Skip to content