निजगढ । सरकारी स्वामित्वको नेपाल टेलिकमको सेवा गुणस्तरीय नहुदा प्रयोगकर्ता घट्दै गएका छन् । सरकारले विभिन्न योजना र फोर जी, फाईव जीको घोषणा गरेपनि काम भने सो अनुरुप नहुँदा सेवा लिनेहरु नेपाल टेलिकम छाडेर निजी कम्पनीहरुतर्फ आकर्षित हुदै गएकाछन् भने टेलिकम प्रयोगकर्ता घटदै गएका छन् ।
सरकार फाईभर टु द होम एफटिटिएच बिस्तार गर्ने भनी झण्डै पाच बर्ष अघि ल्याएको योजना अहिलेसम्म प्रदेश नं. २ मा १० प्रतिशत समेत बिस्तार हुन सकेको छैन ।
नेपाल टेलिकम कार्यालय निजगढका कार्यालय प्रमुख जगतलाल चौधरी प्रयोगकर्ता घट्दै गएको स्वीकार गर्दै निजगढ आफनो क्षेत्रमा शुरुमा कुल ५१२ टेलिफोन फुल क्यापिसिटी बराबरको सञ्चालनमा भएपनि हाल ४ सय ६९ मा छरेको बताउनु भयो । त्यसैगरी २५६ एडिएसल फुल क्यापिसिटीमा सञ्चालन हुदै आएकोमा हाल करिब १५० मा झरेको छ उहाँले भन्नु भयो ।
निजगढको बाग्देब जाने ठुलो जनसङख्या भएको क्षेत्रमा टेलिकमको तार हावाहुरीले झारेको झण्डै ७ बर्ष बितेपनि दुईदिन अघि टेलिकम कर्मचारीले उठाएपनि फाईबर तार जडान गर्न अझै कति बर्ष कुर्नुपर्ने हो ठेगान नभएको स्थानीय हरी अधिकारीले बताए । उनले भने अहिले एउटै घरमा दुई–तिन वटा ईन्टरनेट छन् तर टेलिकमको नभएपछि निजी कम्पनीहरुले मनपरी रकम असुल्दै आएका छन् । त्यस्तै निजगढ सडकटोल देखि बाग्देब जाने बाक्लो बस्तीमा नेपाल टेलिकमको मोबाईलमा टावरै नहुदा मानिसहरु विस्तारै एनसेलतर्फ आकर्षित भएको उनले बताए ।
नेपाल टेलिकमका कर्मचारीको मिलोमतोमा समेत निजी ईन्टरनेट र एनसेलका प्रयोगकर्ता बढेको पो हो की हैन भने तार काटिएको ७ बर्षसम्म किन टेलिकम आँखामा तेल हालेर बसेका छन् स्थानीय सुनील सापकोटाले बताए ।
नेपाल टेलिकमको क्षेत्रिय कार्यालयले बिगत १० बर्षदेखि राजमार्ग बिस्तारले तार र पोल पुनः हाल्नुपर्ने हुने भएकोले पनि ठिलाई गरेको हुनसक्ने एक कर्मचारीले बताए । यसो हो भने राजमार्ग बिस्तार कार्य अझै १० बर्ष लाग्न सक्छ नेपाल टेलिकमको यस्तो कार्यले टेलिकम घाटामा जान समय लाग्दैन उनले बताए ।
नेपाल टेलिकमका क्षेत्रिय कार्यालय बिरगंन्जका प्रमुख उमेश प्रसाद साहले आफु आएको भर्खरै भएपनि फोर जी र फाईवर बिस्तारमा बिेशेषरुपमा काम अघि बढाएको बताउनु भयो । टेलिकमको क्षेत्र ठुलो भएकोले कप्पर बिस्तापित गरी पुर्ण फाईबर सञ्जाल बिस्तारमा काम अघि बढेपनि सार्वजनिक खरिद ऐन र सामाग्री आईपुग्न ठिलाई भएकोले काममा केही ठिलाई भएको हुन सक्ने भएपनि अब प्रदेशका आठनै जिल्लामा तिब्ररुपले काम अघि बढ्ने बताउनु भयो । उनले फाईबर बिस्तार भएका क्षेत्रमा प्रयोगकर्ता बढेको समेत बताउनु भयो ।