जीतपुरसिमरा उपमहानगरपालिकाको नगर परिषद शुक्रबार २२ गते गर्ने सहमति

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.7k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका जीतपुर, बाराले अन्तत नगर परिषद ठिला भएपनि भोली शुक्रबार २२ गते गर्ने सहमति जुटाएको छ । एक हप्ता अघिनै सहमती भएपनि आज बैठक बसी निर्णय गरेर भोली परिषदमा जाने र सर्वसहमतिमा बजेट निति तथा कार्यक्रम पास गर्ने निर्णय भएको वडा नं. १ का वडाअध्यक्ष हिरा बहादुर गुरुङले बताए ।

नगरपालिकाको आर्थिक हिसाब किताब २०७४ देखिकै पारदर्शि हुन नसकेकोले हिसाब किताबर कोरोना महामारीका नाममा मनपरी भएको खर्चको पारदर्शि गर्नुपर्ने, वडागत हिसाबले बजेट बाडफाड गर्नुपर्ने लगायतका माग पुरा नभएसम्म नगरपरिषदमा सहभागि नहुने नेपाली काग्रेस र नेकपा माओवादीको निर्णयपछि अल्पमतमा परेका नगरप्रमुख उपप्रमुखले परिषद गर्न सकेका थिएनन । केही दिन देखिको छलफलले वडाको भौगोलिक र जनसङख्याको हिसाबले सबै वडामा बजेट बिनियोजन गर्ने सहमति पछि नगरपरिषद सर्वसहमतिले हुने भएको हो । कोरोना र नगरको शुरुदेखिकै हिसाब किताब अझैपनि पारदर्शि भई नसकेपनि विकासलाई प्रभावित नहोस भनेर नगरपरिषद गर्ने सहमति गरिएको कार्यपालिकाका सदस्य समेत रहेका वडा नं. ७ का वडाअध्यक्ष रामबाबु गुप्ताले बताए ।

नगरका २४ वडालाई बजेटको सिलिङ अनुसार २–२ करोड र थप १२ करोड मध्ये वडाको भौगोलिक र जनसङख्याको हिसाबले वाँडफाँड गर्ने गरी सहमति जुटेको हो । जस अनुसार वडा नं. १६ ले करिब तीन करोड भन्दा बढी पाउने भएको छ । दोश्रोमा वडा नं. ७ ले करिब २ करोड ७९ लाख पाउने भएको छ । जबकी गतबर्षको बजेट भन्दा करिब एक करोड ३० लाख बढी हो । सबैभन्दा कम पाउने वडामा वडा नं. ६ परेको छ । यसले पनि करिब दुई करोड ३० लाख भन्दा बढी पाउने भएको छ ।

गतबर्ष वडालाई बजेटनै कम दिएको र नगरको बजेट मन परेको वडालाई मात्र दिने गरेको भएपनि यसपटक नेपाली काग्रेस, नेकपा माओवादी र समाजवादी पार्टीको सामुहिक विवाद भई नेकपा एमाले अल्पमतमा परेपछि परिषद अन्यौल बनेको थियो । उनीहरुले नगरले सबै बजेट राख्ने तर काम चाही ७० प्रतिशत पनि नगर्ने आरोप वडाअध्यक्षहरुले लगाउदै आएका थिए । वडाहरुले भने आफनो बजेटको करिब ९० प्रतिशत काम सम्पन्न गरेको बताईएको छ ।

नगरपरिषदमा बहुमत जुटाउन जीतपुरसिमरा उमनपाले कार्यपलिका सदस्य , वडाअध्यक्षहरुलाई सारी चोलो र कोट पाईन्टको बन्दोबस्त गरेको थियो । नेपाली काग्रेस र माओवादीका कार्यपालिका सदस्यहरुले बहिस्कार गरेपछि नगरपालिकाका नगरप्रमुख र उप प्रमुख एक कदम पछि हटी वडालाई बजेट भुगोल र जनसङख्याका आधारमा रकम बढाउने गरी सहमति जुटेको हो ।

शेयर
प्रतिक्रिया
Skip to content