निजगढका बिद्यालयहरु साउन २५ देखि भौतिक रूपमा सञ्चालन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 761 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । बारा जिल्लाको निजगढ नगरपालिकाभित्र रहेका सम्पूर्ण विधालयहरू साउन २५ गतेदेखि भौतिक रूपमा सञ्चालनमा आउने भएका छन् । योसगै बाराका सबै स्थानीय तहमा भौतिकरुपमै पठनपाठन शुरु हुने भएको हो ।

यस अघि कलैया र जीतपुरसिमराले भौतिकरुपमै पठनपाठन गर्न शुरु गरेपनि निजगढले भने कोरोनाको तेश्रो लहरसगै कोरोनाका बिरामी बढीरहेको सन्र्दभमा बैकल्पिक उपायबाट पठनपाठन गर्ने निर्णय गरेको थियो । सबै स्थानीय तहले भौतिकरुपमा पठनपाठन शुरु गरेपछि निजगढमा पनि एकसाता नबित्दै निर्णय परिवर्तन गरेको हो ।

निजगढ नगरपालिकाको शिक्षा महाशाखाले बिहिबार एक सूचना निकाल्दै विद्यालय खोल्ने बताएको छ । निजगढ नगरभित्र २७ सामुदायिक विद्यालयमा दश हजार पाँच सय र ८ संस्थागत विधालयमा दुई हजार पाँच सय विद्यार्थीहरू अध्यनरत छन् ।

शेयर
प्रतिक्रिया
Skip to content