निजगढ नगरपालिकाकाका प्रशासकिय प्रमुखद्धारा अशक्तलाई घरमै परिचयपत्र

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.4k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन कुमार कार्कीले अपाङग परिचय पत्रबाट बञ्चित निजगढ वडा नं. १० दक्षिण टोल निवासी २९ बर्षीय पूर्ण अशक्त अपांगता भएको श्री सुकुमाया रूम्बालाई क बर्गको अपांगता परिचयपत्र प्रदान गर्नु भएको छ ।

त्यसैगरी सोही टोल निवासी ५८ बर्षीय अति अशक्त अपांगता रहेको दृष्टिविहीन श्री दुदुमाया गोङ्वालाई वहाँहरूको घर आँगनमै पुगी ख वर्गको अपांगता परिचयपत्र प्रदान गर्नु भएको छ ।

यो परिचयपत्रसगै उनीहरुले सरकारको सेवा सुबिधा प्राप्त गर्ने भएका छन् । नगरमा रहेका कोही पनि अशक्तहरु बाँकी नरहुन भन्ने लक्ष्य र नगरसम्म पनि आउन नसक्ने अपाङगता भएकाहरुलाई नगरले घरमै पुगेर सेवा दिएको प्रमुख प्रशासकिय अधिकृत कार्कीले बताउनु भयो ।

आफूहरु नगरसम्म पुग्न समेत समस्या भएका कारण परिचयपत्र प्राप्त गर्न नसकेको समयमा नगरपालिकाले घरमै ल्याईदिएकोमा दुवै अपाङगहरुले खुशी प्रकट गर्दै धन्यबाद समेत दिएका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content