निजगढको लालमा आधारभूत स्वास्थ्य केन्द्रद्वारा सेवा संचालन

तराइ संचार
तराइ संचार 890 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । नागरीकहरुलाई प्राथमिक र सामान्य उपचारको पंहुच उपलब्ध गराउने उद्धेश्यले निजगढ नगरपालिका वडा नम्बर १० लालमा निर्मित लाल आधारभूत स्वास्थ्य सेवा केन्द्रको मेयर सुरेश कुमार खनालले उद्घाटन गर्नुभएको छ। योसगै लाल आधारभूत स्वास्थ्य सेवा केन्द्रले सेवा संचालनमा ल्याएको छ ।

स्वास्थ्य केन्द्रको शनिबार नगरप्रमुख खनालले उद्धघाटन गर्दै वडाका स्थानीय नागरीकहरुलाई प्राथमिक र सामान्य उपचारको पंहुच उपलब्ध गराउन आधारभूत स्वास्थ्य केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

नगरपालिका मार्फत प्रत्येक वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र संचालन भईरहेकोले नगर भित्रका नागरिकहरुको स्वास्थ्यमा प्रत्यक्ष लाभ पुग्ने मेयर खनालले विश्वाश व्यक्त गर्नुभयो ।

उक्त स्वास्थ्य केन्द्र मार्फत अहेव र अनमीले स्वास्थ्य सेवा प्रदान गर्ने निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताउनुभयो ।

उक्त स्वास्थ्य केन्द्र भवनको निर्माणका लागि स्थानीय मंजु पौडेल र हिरा मोक्तानले जग्गा प्रदान गर्नुभएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content