नगरप्रमुख खनालद्धारा निजगढको लाल खोलामा झोलुङ्गे पुल उद्धघाटन

तराइ संचार
तराइ संचार 938 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ नगरपालिकाको वडा नम्बर १० स्थित लाल खोलामा स्थापित झोलुङ्गे पुलको एक समारोहबिच शनिबार निजगढका मेयर सुरेश कुमार खनालले उद्घाटन गर्नु भएको छ । नगरप्रमुख खनालले उद्धघाटन गरेसगै पुल संचालनमा आएको छ ।

निजगढ नगरपालिका, ट्रायल ब्रीज सपोर्ट युनिट हेल्भेटास र आदर्श जनसेवा युवा क्लव बिरगंजको सहयोगमा झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएकोहो । झोलुङ्गे पुल संचालनमा आएसंगै विशेष गरी स्थानीय रतनपुरी लाल र निजगढ क्षेत्रका ५ हजार भन्दा बढी नागरीकहरु लाभान्वित हुने नगरप्रमुख खनालले बताउनुभयो ।

पुल नहुदा वर्षाको समयमा खोलामा आउने बाढीको कारण वडा नम्बर १० लालका स्थानीयहरूलाई गाउबाट अन्यत्र आवतजावत गर्न समेत समस्या हुदै आएको थियो । गाउलेको समस्यालाई मध्यनजर गर्दै उक्त पुल निर्माणको अवधारणा अघी सारेको खनालले बताउनुभयो ।

खनालले नगरपालिका भित्र रहेका अन्य नदी तथा खोलाहरुमा पनि पुलको आवश्यकता रहेकोले प्राथमिकताको आधारमा पक्की पुल र झोलुङ्गे पुल निर्माण गर्ने सोच लिएको बताउनुभयो ।

निजगढमा निर्माण भएका झोलुङ्गे पुलहरुले निजगढको पर्यटकीय क्षेत्रलाई समेत सहयोग गर्ने खनालले बताउनुभयो । १ करोड १६ लाख रुपैंया लागतमा निर्मित झोलुङ्गे पुलको लम्बाई १ सय १९ मिटर रहेको लाल खोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समीतीका अध्यक्ष हिरा बहादुर मोक्तानले बताउनुभयो । ५ फिट चौडाई रहेको उक्त झोलुङ्गे पुलमा साना यात्रु वाहक सवारीसाधन अटो समेत आवतजावत गर्न मिल्ने पुल निर्माण समितीका अध्यक्ष मोक्तानले बताउनुभयो ।

स्थानीय सरकार संचालनमा आएसंगै यसअघि वडा नम्बर ४ को गणेशमान सिङ स्मृति पार्कको बकैया नदी, भरतगंज सिंगौलको धन्सार नदीमा झोलुङ्गे पुल संचालनमा आईसकेसगै निजगढमा ३ वटा झोलुङ्गे पुल संचालनमा आएको छ ।
त्यसैगरी भरतगंज सिंगौलको बगर खोलामा झोलुङ्गे पुल निर्माण कार्य जारी छ ।

शेयर
प्रतिक्रिया
Skip to content