बजेट, निति तथा कार्यक्रम विनानै जीतपुरसिमराको नगरपरिषद विवादका बिच उद्धघाटन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 744 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । जीतपुरसिमरा उपमहानगरपालीकाको पाँचौ नगरसभा शुक्रबार विवादका बिच उद्धघाटन गरिएको छ । नगरप्रमुख डा. कृष्ण पौडेलको अध्यक्षतामा शुरु भएको उद्धघाटन कार्यक्रममा वडा सदस्यहरुले बजेट, निति तथा कार्यक्रम विना नगरपरिषद उद्धघाटन गर्न लागिएको, अघिल्लो आर्थिक वर्षको हिसाव किताब सार्वजनिक नभई नगरपरिषद् उद्धघाटन गर्न नहुने भन्दै बिरोध गरेका हुन् ।

बिरोध पछि वडा सदस्यहरुका तर्फबाट कार्यपलिका बैठकमा सात जना प्रतिनिधि समाबेश गरी बजेट, निति तथा कार्यक्रम ल्याउने सहमति पछि बजेट, निति तथा कार्यक्रम विनानै बिधिबत पानसमा बत्तीनै नबाली माईकबाट कार्यक्रम उद्धघाटन गरिएको मन्तब्य नगरप्रमुख पौडेलले राखेर उद्धघाटन सत्र सम्पन्न भएको हो ।

डा. पौडेलले एकल प्रयासबाट केही हुदैन सबैले मिलेर गर्ने हो, समाधान र सहमतीबाट अगाडी बढ्नुको विकल्प नभएको कार्यक्रममा बताएका थिए । राजनैतिक दल र वडाअध्यक्षहरुले जनसङख्या र भौगोलिकताका आधारमा ६० करोड बाडफाड गरेको र कार्यपालिका सदस्यहरुलाई समेत बजेट छुटाईए सहमति भई सकेपनि पुन वडा सदस्यहरुले नयाँ विवाद झिेकेको बताईएको छ । बजेट विनानै परिषद कसरी हुन्छ सबैको क्षेत्रमा बजेट नहेरी कसरी परिषद हुन्छ वडा सदस्य रामचन्द्र लामाले बताए ।

उनीहरुले आफुहरुलाई बेवास्था गरेको लक्षित बर्गमा छुटाउनु पर्ने रकम नछुटाएको पारदर्शिता नगरेको जस्ता आरोप लगाई बिरोध गरेको उनले बताए । बजेट तय गर्ने कार्यपालिका बैठकमा वडा सदस्यहरुका तर्फबाट रामचन्द्र लामा, धन बहादुर श्रेष्ठ, रुकु लामा, नसिम हुसैन, २३ ,२० वडाका दुई र १५ नं. एक वडासदस्य गरी सात जनालाई समाबेश गरी कार्यपालिका छलफलमा समाबेश गरी बजेट निति तथा कार्यक्रम ल्याउने सहमति भएको लामाले बताए ।

नगरपालिकाका नगरप्रमुख डा. पौडेलका सञ्चार सहयोगी दिवाकर भण्डारीले वडाको सिलिङ र विविध कारणले बजेट, निति तथा कार्यक्रम विना नै नगरपरिषद उद्धघाटन गरिएको र श्रावण महिनाको ३० गते बजेट, निति तथा कार्यक्रम सार्वजनिक गर्दै समापन गरिने बताए ।

शेयर
प्रतिक्रिया
Skip to content