जगदंम्बा उद्योगले स्थानीयको जायज माग सम्बोधन गर्नुपर्छ –नेता पराजुली

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । नेपाली काग्रेसका नेता सबिधान सभाका सदस्य एबम पार्टीका पुर्व सचेतक शोभाकर पराजुलीले उद्योगले स्थानीयको जायज माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।

सिमरामा रहेको जगदंम्बा स्टिल कंम्पनीको धुवा, धुलो र प्रदुषणका कारण आक्रन्त भएका सिमराबासीले प्रदुषण नियन्त्रण र रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने माग गर्दै गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाउदै नेता पराजुलीले सो कुरा बताउनु भएको हो ।

हस्ताक्षर अभियानलाई सिमराबासी सबैको ऐक्यबद्धताहुनु पर्ने बताउदै नेता पराजुलीले जगदम्भाले गरेको प्रदुषण नियन्त्रण गर्ने दायित्वपनि उद्योगकै भएकमो हस्ताक्षर अभियानमा बताउनु भयो ।


उहाँले धुवाँ धुलो र प्रदुषण हामी सबै सिमराबासीले खाई धेरैले अकालमै ज्यान गुमाउनु परी रहेपनि उद्योगमा अधिकांश कर्मचारी भने भारतीय राख्नु सिमराबासीका लागि अन्याय हुने समेत बताउनु भयो ।

आफु पनि सिमराबासी समेत रहेकाले जगदंम्बा उद्योगको गलत कामलाई संरक्षण गर्ने काम कदापी नगर्ने र अन्य राजनैतिक दलहरुले समेत स्थानीय नागरिकको समस्यामा मौन बस्नु नहुने समेत बताउनु भयो । स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारले समेत स्थानीयको जायज माग सम्बोधन गर्न कुनै कसर बाँकी राख्न नहुने नेता पराजुलीले बताए ।

हस्ताक्षर अभियानमा नेपाली काग्रेसका नारायणी रायमाझी लगायतका स्थानियदलहरुले समेत ऐक्याबद्धता जनाएका छन् । हस्ताक्षर अभियानलाई सिमरा औराहा निवासी नेता पराजुलीकी पत्नी समिन कोईरालाले समेत ऐक्यबद्धता जनाउदै हस्ताक्षर गर्नुभएको छ ।

समस्त सिमराबासीका तर्फबाट शूरु गरिएको हस्ताक्षर अभियान साउन २३ गते देखि २५ गते सम्म सञ्चालन हुने बताईएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content