रौतहट । नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य गुरुप्रसाद गौतमले नेपालमा सबैभन्दा धेरै पदक लिदै आएको तेक्वान्दो खेलको बिकासका लागि स्थानीय निकायले भेदभाव गरेको आरोप लगाउनु भएको छ ।
नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति रौतहटको जिल्ला अबिधेशनको बिहिबार उद्धघाटन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । स्थानीय निकायको बिभिन्न पिलर मध्ये खेलकुद पनि एक भनेर खेलकुदलाई पनि राखिएको भएपनि स्थानीय सरकारले खेलकुदलाई बेवास्थ ागर्ने गरेको उहाले बताउनु भयो ।
स्थानीय सरकारले कुल बजेटको एक प्रतिशत रकम खेलकुदलाई छुट्टाउन आग्रह गर्दै सहयोग गर्ने बाताबरणका लागि खेलकुद गतिबिधी, प्रतियोगिता , सामाग्री र प्रशिक्षकहरु नियुक्त गर्न गराउन दबाब दिनु पर्ने उहाँले बताउनु भयो ।
नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति रौतहटका अध्यक्ष बिर राना मगरको अध्यक्षतामा सम्पन्न अबिधेशनले पुनः बिर राना मगरको अध्यक्षतामा ११ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दिलनाथ उपाध्याय, सचिबमा केशब खड्का, कोषाध्यक्षमा लक्ष्मीदेवी श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा खडानन्द शर्मा ,निर्मल भण्डारी, कुल बहादुर ठोकर,संगम श्रेष्ण , राजिब पौडेल, गोपाल हुमगाई र कल्याण कार्की निर्विरोध निर्वाचित भएका छन् ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक नरेश लामिछाने लगायतले शुभकामना मन्तब्य ब्यप्त गर्दै बधाई दिएका थिए । कार्यक्रममा नेपाल तेक्वान्दो संघ २ नं. प्रदेशका सदस्य धन बहादुर लामिछाने लगायतको उपस्थिति रहेको थियो ।
रौतहट । नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य गुरुप्रसाद गौतमले नेपालमा सबैभन्दा धेरै पदक लिदै आएको तेक्वान्दो खेलको बिकासका लागि स्थानीय निकायले भेदभाव गरेको आरोप लगाउनु भएको छ ।नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति रौतहटको जिल्ला अबिधेशनको बिहिबार उद्धघाटन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । स्थानीय निकायको बिभिन्न पिलर मध्ये खेलकुद पनि एक भनेर खेलकुदलाई पनि राखिएको भएपनि स्थानीय सरकारले खेलकुदलाई बेवास्थ ागर्ने गरेको उहाले बताउनु भयो ।स्थानीय सरकारले कुल बजेटको एक प्रतिशत रकम खेलकुदलाई छुट्टाउन आग्रह गर्दै सहयोग गर्ने बाताबरणका लागि खेलकुद गतिबिधी, प्रतियोगिता , सामाग्री र प्रशिक्षकहरु नियुक्त गर्न गराउन दबाब दिनु पर्ने उहाँले बताउनु भयो ।नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति रौतहटका अध्यक्ष बिर राना मगरको अध्यक्षतामा सम्पन्न अबिधेशनले पुनः बिर राना मगरको अध्यक्षतामा ११ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दिलनाथ उपाध्याय, सचिबमा केशब खड्का, कोषाध्यक्षमा लक्ष्मीदेवी श्रेष्ठ चयन भएका छन् ।त्यसैगरी सदस्यहरुमा खडानन्द शर्मा ,निर्मल भण्डारी, कुल बहादुर ठोकर,संगम श्रेष्ण , राजिब पौडेल, गोपाल हुमगाई र कल्याण कार्की निर्विरोध निर्वाचित भएका छन् ।कार्यक्रममा निर्वाचन समितिका संयोजक नरेश लामिछाने लगायतले शुभकामना मन्तब्य ब्यप्त गर्दै बधाई दिएका थिए । कार्यक्रममा नेपाल तेक्वान्दो संघ २ नं. प्रदेशका सदस्य धन बहादुर लामिछाने लगायतको उपस्थिति रहेको थियो ।