वीपी कोईरालालाई सम्झेर निर्णय होस ः नेता पराजुली

तराइ संचार
तराइ संचार 1.9k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान
कलैया । नेपाली काँग्रेसका मुख्य सचिव एवम संविधानसभा सदस्य डा. शोभाकर पराजुलीले पार्टीको बैधानिकता नै गुम्ने खतरामा रहेको अवस्थामा वीपी कोईरालालाई सम्झेर संविधान, बिधान अनुसार निर्णय गर्न माँग गरेका छन । नेपाली काँग्रेस पार्टीको बैधानिकता नै गुम्ने खतरामा रहेको अवस्था र नेता तथा कार्यकर्ताहरु माथि बढी रहेको निरासालाई मध्यनजर गर्दै पार्टीका पदाअधिकारी, केन्द्रीय सदस्यहरुलाई सो आग्रह गरेका हुन ।

देशको सम्पुर्ण नागरिकहरुको आशा र भरोसाको रुपमा रहेको काँग्रेस पार्टीको उचाई बढाउनका लागि पनि सबै केन्द्रीय नेताहरु गम्भीर र चिन्तित हुनुपर्ने बताउदै दुरदर्शी भई केन्द्रिय समितिले निर्णय गर्नेछ भन्ने मैले आशा लिएको छु पराजुलीले भने । सबैको ध्यान यतिखेर काँग्रेसको केन्द्रीय अधिवेशन कहिले हुने भने चिन्ता र चासो रहेको अव्स्थामा गुट र उपगुटमा नलागी सबैको हितमा हुने गरी निर्णय भए काँग्रेस पार्टी अझै उचाईमा पुग्ने आजको आवश्यकता रहेको नेता पराजुलीले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content