तेक्वान्दो बारामा लामा र पर्सामा श्रेष्ठ निर्वाचित

तराइ संचार
तराइ संचार 1.3k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

बारा । नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति बाराको अध्यक्षमा चित्र बहादुर लामा र पर्सामा गणेशमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।


चित्र बहादुर लामो अध्यक्षतामा बाराको निजगढमा शुक्रबार भएको जिल्ला अबिधेशनले लामा निर्वाचित भएका हुन भने पर्सामा आजै शुक्रबार भएको अर्को कार्यक्रमले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

बाराको सम्पन्न अबिधेशनले उपाध्यक्षमा संजय कुमार साह , सचिबमा लोक बहादुर खुलाल, कोषाध्यक्षमा समिका थापा मगर , सह सचिबमा सुमन श्रेष्ठ र सदस्यहरुमा अमित साह , धन कुमार सिंजाली , पवन श्रेष्ठ, शंकर रखाल ,रोईजा योन्जन र बर्षात मोक्तान रहेको ११ सदस्यिय कार्य समिति चयन गरेको हो ।

त्यसैगरी पर्सामा आजै सम्पन्न अबिधेशनले अध्यक्षमा श्रेष्ठ सहित, उपाध्यक्षमा बिरेन्द्र बहादुर कुर्मी श्रेत्री र रमेश नारायण मानन्धर, सचिबमा कुमार मानन्धर, सह सचिबमा देवलाल ठाकुर र कोषाध्यक्षमा जयनरेश सिंह, अरबिन्द साह कानु, हरिनारायण पटेल, रोशनी श्रेष्ठ, नबल किशोर साह, राजेन्द्र खडगी, राजु साह तुराहा, मंसुर महमद मिया र अरुण झा निर्विरोध निर्वाचित भएका छन् ।

बाराको निजगढमा सम्पन्न कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य एवम निर्वाचन प्रतिनिधि प्रमुख अतिथि गुरुप्रसाद गौतमले तेक्वान्दो खेलको बिकासका लागि स्थानीय निकायहरुसग सम्न्वय गरी प्रतियोगिता र कार्यक्रम गर्न कार्य समितिलाई अनुरोध गर्नु भयो ।

 

निर्वाचन समितिका संयोजक मुक्ती प्रसाद यादब, अध्यक्ष चित्र बहादुर लामा, प्रशिक्षक हेमलाल श्रेष्ठ, जीतसिह लामा, बसन्त लामा, लोक बहादुर श्रेष्ठ, प्रदेश सदस्य यान कुमारी चौलागाई लगायतले शुभकामना मन्तब्य ब्यप्त गरेका थिए ।

पर्साको सम्पन्न कार्यक्रमलाई केन्द्रिय सदस्य एवम प्रमुख अतिथि गुरुप्रसाद गौतमले अधिकार नपाएपछि लडेर पनि लिनुपर्ने बताउनु भएको छ । स्थानीय सरकारको प्रतिनिधित्व गरेको बिरगन्ज महानगरले खेलकुद बिशेष गरी तेक्वान्दो खेलको विकासमा सहयोग नगरेको गुनासोमा गौतमले सो कुरा बताउनु भएको हो ।

नेपालमा सबैभन्दा धेरै पदक लिदै आएको तेक्वान्दो खेललाई सहयोग नगरी भेदभाव गर्न नहुने बताउदै स्थानीय सरकारको अन्य पिलर मध्ये एक रहेको खेलकुद बिकासमा कम्तिमा एक प्रतिशत बजेट छुट्टाउनु पर्ने समेत बताउनु भयो ।

जिल्ला अबिधेशनको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । खेलकुद गतिबिधी, प्रतियोगिता , सामाग्री र प्रशिक्षकहरु नियुक्त गर्न गराउन दबाब दिनु पर्ने उहाँले बताउनु भयो ।

जिल्ला अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचन समितिका संयोजक दशरथ राउत कुर्मी, सदस्यहरु ऋजित कुमार भुजेल, रन्जन राउत, निशान्त लामिछाने, बिरेन्द्र बहादुर कुर्मी लगायतले मन्तब्य ब्यप्त गरेका थिए । कार्यक्रममा तेक्वान्दो प्रशिक्षक म.सकिल, बिजय शाह ठकुरी र नाजिर हुसैन लगायतको उपस्थिति रहेको थियो ।

एकल उम्मेदबारी परेकाले सर्बसहमतिले निर्विरोध समिति चयन भएको हो ।

शेयर
प्रतिक्रिया
Skip to content