सिमरा । सिमरा कलेजका प्रमुख तथा समाजसेबी सालिकराम अधिकारीले आफनो जन्मदिनको अवसरमा ६३ बालबालिकाहरुलाई स्कुल पोषाक र शैक्षिक सामाग्री बितरण गर्नु भएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका २० बिक्रम आधारभुत बिद्यालयमा अध्यानरत ६३ जना गरिब तथा दलित बालबालिकालाई शैक्षिक सामाग्री तथा पोषाक बितरण गर्नु भएको हो ।
कार्यक्रममा बिद्यालयले अधिकारीलाई दोसल्ला ओढाएर संम्मान समेत गरेको थियो ।
अधिकारीले हरेक बर्ष आफनो जन्मदिनको अवसरमा बिपन्न तथा गरिब अनाथ, असायहरुलाई सहयोग गर्दै आउनु भएको छ ।
बितरण कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक हेमन्त शमार्, बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष नजिन खान, शिक्षकहरु लक्कि रिमाल, धनन्जय थोकर, संगालो सहकारीका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।