प्रदेशमै उत्कृष्ट निजगढ आईसोलेशन सेन्टरमा ईन्दिराको दोश्रो जीवन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.3k - पाठक संख्या
5 मिनेट पढ्न लाग्ने समय

निजगढ । ३५ प्रतिशत अक्सिजन लेवल र ९० प्रतिशत फोक्सो खराब भएकी ईन्दिरा ठकुरी आफुले बाँच्ने आशा मारि सकेको भएपनि निजगढ आईसोलेशन सेन्टरले दोश्रो जीवन दिएको बताएकी छिन । हाल ९२ प्रतिशत अक्सिजन लेभल भएपछि उनी उपचार पश्चात स्वस्थ्य भई डिस्चार्ज भएकी छिन् ।


निजगढ नगरपालिका वडा नं. ८ निवासी ठकुरीका अनुसार भरतपुर अस्पतालमा २२ दिन उपचारमा १२ लाख खर्च भएपछि डाक्टरले बाँच्ने आशा नभएको भन्दै घरमा पठाएपछि निजगढ कोरोना आईसोलेशन सेन्टरमा मर्न तयार भएर उपचार गराउँदा भगवानका रुपमा रहेका डाक्टर र सबैको सहयोगले मेरी माया मारेकी आमालाई बचाएको भन्दै सबैलाई छोरा उज्वल ठकुरीले धन्यवाद दिएका छन ।


पति कान्छा ठकुरीले कोरोनाका बिरामी भन्दै राम्रा अस्पताल भनेर गएपछि पनि उपचार राम्रो नभएको बताउदै बिरामीलाई समस्यामा पारेर सेवा भन्दा ब्यबसाय बढी हुने गरेकोमा सरकारले बिशेष ध्यान दिनुपर्ने बताउनु भयो । उनले पैसा असुल्ने बाहेक नाम चलेका अस्पतालले अर्को काम नगरेको समेत बताउनु भयो ।

अति सिकिस्त भएकी उनलाई भरतपुर अस्पतालमा २२ दिनको उपचार गराई डाक्टरले बिरामी बाच्दैन भनेपछि मृतु भएपनि घरमै होस भनी ल्याएकोमा आशा नरहेपनि निजगढ कोरोना अस्पतालमा भर्ना भएकी थिईन । अस्पतालले बचाउन मुस्किल छ घरमै राखेर हेर्न भन्दै औषधि समेत नलेखी पठाएका बिरामीलाई परिवारले जिम्मा लिएर आएका थिए ।

हामीले शुरुमा कोरोनामा प्रयोग हुने डेक्सा औषधी र अक्सिजन दिन शुरु गरेको र अहिले पुर्ण स्वस्थ्य भएर घर फर्किएको प्राथमिक स्वास्थ्य केन्द्रका डा. प्रिन्स तिवारीले बताउनु भयो । हामीले उपचार शुरु गर्दा ९० प्रतिशत फोक्सो डयामेज भएको रिपोर्ट सहित आएपछि सरसल्लाहमा उपचार गर्दै अहिले ठिक भएको बताउनु भयो ।

नगरपालिकाले कोरोना आईसोलेशन सेन्टर भनी स्थापना गरेको भएपनि आफुहरुले बिरामीको उपचारनै गरेर अन्तिम अबस्थामा पुगेकी ठकुरीलाई ६५ दिनको रेखदेख, औषधी उपचार र निगरानीमा हाल स्वस्थ्य भएपछि बुधबार घर गएकी छिन् ।

रेखदेखमा सम्लग्न डा. तिवारी लगायतको टिमले सबै प्रकारको सेवा र बिशेष गरी कोरोनामा खटिएका अन्यत्रका डाक्टरहरुको समेत सुझाव सल्लाहमा आईसोलेशन सेन्टर भएपनि सबै विरामीको उपचार समेत गरेको बताए ।

स्थानीय स्वास्थ्यकर्मी लिला लामाले आईसोलेशन सेन्टर भएपनि जानेर नजानेर शुरुदेखिनै सबै विरामीलाई २४ सै घण्टा केन्द्रका चिकित्सक सहितको मेडिकल टिमले अक्सिजन फलो सहितको औषधी उपचार गर्ने प्रदेश मात्र नभै देशमै एकमात्र हुनसक्ने उनले बताए । आईसोलेशन सेन्टरमा उपचार नभई रेखदेख मात्र हुने भएपनि निजगढमा मात्र यस्तो भएको भएपनि रिजल्ट धेरै राम्रो आएको बिरामीहरुले बताउने गरेको उनले बताए ।

निजगढ नगरपालिकाले सञ्चालन गरेको कोरोना आईसोलेशन सेन्टर निजगढले ठकुरी जस्ता निजगढ ११ की मिना देवी गुरो पनि १७ दिन निजगढ कोरोना आईसोलेशन सेन्टरमा उपचार पछि स्वस्थ्य भएर घर फर्किएकी छिन । उनको पनि अक्सिजन लेबल ६० प्रतिशत भन्दा कम थियो । त्यस्तै निजगढ ४ का विकास धामी पनि २७ दिन कोरोना आईसोलेशन सेन्टर बसेर ठिक भएकीछिन् । त्यसैगरी जीतपुरसिमरा १६ का ८३ बर्षिय मान बहादुर मोक्तान पनि १२ दिन कोरोना आईसोलेशन सेन्टर बसेर ठिक भएकी छिन् ।

निजगढ २ का भैरब न्यौपाने र कोल्हबी ९ का दोर्जे तमाङ पनि दुई हप्ता कोरोना आईसोलेशन सेन्टर बसेर ठिक भएका छन् ।
नगरपालिकाले ६० प्रतिशत अक्सिजन लेवल भएका करिब २५ जना बिरामीलाई ठिक भएर घर गएको डा. तिवारीले बताउनु भयो । अति सिकिस्त देखिएका केहीको रिफर गरेको र सो मध्ये निजगढ क्षेत्रका ९० प्रतिशत बिरामीको मृत्यु समेत भएको उहाँले बताउनु भयो ।
हाल सम्म अस्पतालमा २५० जना भन्दा बढी कोरोनाका बिरामीले उपचार सेवा लिएकोमा सबैलाई खान बस्न , औषधी र ल्याब, एक्सरेको समेत सुबिधा दिने गरेको प्रदेशकै उत्कृष्ट काम भएको निजगढ नगरपालिकाका स्वास्थ्य संयोजक रमेश लामाले बताउनु भयो । उहाँले त्यस बाहेक पनि निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले प्रयोग गर्ने सवारीलाई एम्बुलेन्स बनाएर निशुल्क आवत जाबतको समेत सुबिधा दिएको लामाले बताए ।

नगरपालिकाको तर्फबाट उपचार सहयोग र नगरबासीको कोरोना उपचारमा सिमित श्रोत र साधनका बाबजुत कुनै कमी हुन नदिएको र आगामी दिनमा समेत स्वास्थ्य क्षेत्रमा बिशेष ध्यान दिने निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले बताउनु भयो ।

निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनालले नगरवासीलाई कोरोनाबाट बचाउन आफुले आफनो सवारीलाई निशुल्करुपमा एम्बुलेन्स बनाएको बताउदै सबै जनप्रतिनिधिले एक महिनाको तलब दिएर अक्सोमिटर देखि जेनेरेटर लगायत स्वास्थ्य सामाग्री खरिद गरेको समेत बताउनु भयो । उहाँले अहिलेसम्म सबै कोरोनाको खर्च नगरपालिकाले गर्दै आएपनि ठुलो महामारी भए थेग्न नसकिने बताउनु भयो । प्रदेशमै उत्कृष्ढरुपमा निरन्तर कोरोना अस्पतालकारुपमा सञ्चालन हुदै आएको यस आईसोलेशन सेन्टरलाई प्रदेश र केन्द्र सरकारले समेत सहयोग गर्नुपर्ने नगरप्रमुख खनालले बताउनु भयो ।


निजगढ नगरको कोरोना आईसोलेशन सेन्टरबाट जीतपुरसिमरा उपमहानगरका १८ जना उपचारपछि ठिक भएका छन । त्यस्तै कोल्हबी नगरपालिकाका १२ जनाले कोरोनाको उपचारपछि ठिक भई घर गएका छन । त्यस्तै रौतहट जिल्लाका ६ जना र सर्लाहीका एक जनाले कोरोनाको उपचार लिएको नगर प्रमुख खनालले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content