किसोरी बलत्कारको आरोपमा बारामा एक पक्राउ

तराइ संचार
तराइ संचार 676 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । बाराको पचरौता नगरपालिका वार्ड नं ७ बेनौली निवासी एक किशोरी बलाकृत भएपछि प्रहरीले आरोपी एकलाई पक्राउ गरेको छ । पक्राउ परेकामा सोही गाँउ घर भएका वर्ष २५ को रुसियन साह रहेका छन् । केही दिन अघि घरमा कोही नभएको मौका छोपी साहले ती १४ वर्षिय केटीको घरमा प्रवेश गरी डराई धम्काई जवर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

घटना बारे सुचना प्राप्त हुनासाथ बुधबारनै सिम्रौनगढ इलाका प्रहरी कार्यालय र पिपरपाती प्रहरी चौकीका प्रहरीले संयूक्त रुपमा यूवा र किशारी दुबै जनालाई नियन्त्रणमा लिई सिम्रौनगढ ईलाका प्रहरी कार्यालयमा राखेको र थप अनुशंधान पछि किसोरीलाई छाडेर साह उपर बुधवार जवर्जस्ती करणी मुद्धा दर्ता गरिएको सिम्रौनगढका प्रहरी निरिक्षक दिपक सुबेदीले बताए ।

करणी सम्बन्धी कसुर मुद्धामा १० वर्ष वा १० वर्ष भन्दा माथि १४ वर्ष भन्दा कम उमेरकी बालिका भए १८ वर्ष देखि २० वर्ष कैद सजाए हुने ब्यवस्था रहेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content