सिकेन्द्र पासवान
कलैया । कलैया उपमहानगरपालिका वडा नम्बर २७ बिजुलपुर निवासी करिब ४५ बर्षिय तारादेवी मुनी पासवानले आफुलाई अर्धनग्न पारी रुखमा बाधेर कुटफिट गर्नेलाई कार्वाही हुनुपर्ने बताएकी छिन । एकै टोलका लहेरा परिवारका सदस्यहरुले अर्धनग्न पारी निर्घात कुटपिट गरी गम्भिर घाईते बनाएकी पासवानले मेरो के त्यस्तो गल्ती थियो र मलाई मरनासान्न हुने गरी कुटपिट गरियो ।
छिमेकी हिरालाल, चन्दर, महिन्द्र, सतन, मोहन, दिनेश, बिनोद र बिष्णु लहेराका करिब २० जना भन्दा बढी परिवारका पुरुष र महिला सदस्यहरुले उनीलाई गएको बुधवार राती करिब ११ बजेको समयमा आई कुटपिट गरेका हुन् । मलाई गाली गलौज गर्दै घरबाट बलजबरजस्ती लछारपछार गरी निकाली लात, मुका, चप्पल, जुता समेत प्रहार गरि शरिरको सम्बेदनशिल अंगहरुमा पनि निर्घात कुटपटि गरि घाईते बनाएको पिडित महिलाले बताई ।
घरमा रहेकी ६ दिनका सुत्केरी छोरीलाई पनि कुटपटि गरेको उनको भनाई रहेको छ । म रोए, कराए, गुहार मागे तर कसैले पनि मेरो पुकारलाई सुनेन शरिरमा लगाएको बलाउज समेत च्याती, साडी फुकाली कुटदै गरे । ती पापीहरुलाई त्यतीले पनि चित नबुझी च्यातेको ब्लाउज र पेटीकोट मात्र शरिरमा रहेको अवस्थामा डोरीले रुखमा बाधी कुटपिट गरेको उनले बताईन ।
प्रहरीको सहयोगमा राती नै त्यही अवस्थामा उद्धार गरियो र मलाई जिल्ला प्रहरी कार्यालय बारामा ल्याएको तारादेवी मुनी बताईन । प्रहरी नआएको भए मेरो अस्मिता समेत लुटने थियो तिनीहरुले उनले बताईन । तर धैन्य छ ती प्रहरी र समाजका केही ब्यतिmहरु जसले मेरो ईज्जत जोगाए नत्र आज म मुख देखाउन लायक नै थिईन होला पासवान भन्छीन । मलाई कुटपिट गर्ने, प्रतिष्ठा हनन गर्नेहरुलाई कडा कार्यवाही गर्न माँग समेत गरेकी छिन । न्याय दिलाई दिनका लागि नागरिक समाज, पत्रकार, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, नागरिक समाजलाई आग्रह पनि समेत गरिन् ।
पासवान तत्कालिन संघिय समाजवादी फोरम नेपालबाट दलित महिला सदस्यमा निर्वाचित जनप्रतिनिधि समेत भएकी थिईन । उनको कलैया अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगंज लगिएको छ ।
पुर्व मन्त्री कलावती पासवानले दलित महिलालाई हुलमा गई राती कुटपिट गर्नु सरासर गलत भएकोले घटनामा सहभागी सबैलाई कानुनी दायरामा ल्याई महिलालाई न्याय दिलाउनका लागि माँग गरिन् । महिलालाई उपचार खर्च समेत दिलाई दिन भनिन ।
महिला अधिकारकर्मी किसमति राम भन्छीन यसरी अर्ध नग्न पारेर कुटनेलाई कार्यवाही गर्न माँग गरिन ।
महाभारतमा जसरी दुसासनले द्रौपतीलाई चिरहरण गरेका थिए ठिक तयसै प्रकारले दलित महिलालाई लहेराहरुले चिरहरणको शैलीमा निर्घात कुटपिट गरेको हुदा घटनामा संलग्नहरुलाई कार्यवाही गर्न सोही वडा कलैया उपमहानगरपालिका वडा नम्बर २७ का वडाअध्यक्ष रेयाजुल अंसारीले माँग गरे ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले घटनाका बारेमा अन्य कुराहरु बुझने काम भईरहेको तर शरिरमा लगाएको बस्त्र नै च्याती कुटपिट गर्नेलाई कानुनको दायरामा ल्याएर कार्वाही गरिने बताए ।
यता प्रहरी प्रवतmा गौतम मिश्रले पिडित महिलाले ८ जनालाई किटानी गरी दिएको अभद्र ब्यवहार मुद्धा दर्ता भईसकेको बताए । कुटपिटमा संलग्न रहेको ५४ बर्षिय जोगेन्द्र साहलाई पक्राँउ गरि अदालतबाट १० दिनको म्याद समेत लिई अनुसंनधान थालेको प्रवतmा मिश्रले बताए ।
घटनामा संलग्न रहेका अरु ७ जना भने फरार रहेको प्रवतmा मिश्रको भनाई रहेको छ । यता महेन्द्र साह लहेराले ३२ बर्षिय बुहारी पुनमलाई तारादेवी मुनीको छोरा १९ बर्षिय राजु पासवानले श्रावन २९ गते नै घरबाट भगाई अवस्था अज्ञात बनाएको बताए ।
भारत बिहार छाडौदानो नजिकै रहेको जीतपुर स्थित मुनीको माईती घर अर्थात राजुको मामवली घरबाट भदौ २ गते त्यहाका निर्वाचित सदस्यको रोहबरमा बुहारीलाई उद्धार गरि नेपाल ल्याएको उनको भनाई रहेको छ । मुनीको माईतीबाट बुहारी फेला पर्नुले मुनी र उनको श्रीमानको समेत भगाउनमा सलग्नता रहेको हुन सक्ने महेन्द्रका दावी रहेको छ । बुहारीसंग राजुले बलजबरजस्ती अनैतिक सम्बन्ध गासेको बुहारीको भनाई रहेको ससुरा महिन्द्रले भने । रहयो कुरा कुटपटिको मुनीको माईती घरबाट बुहारी फेला परेको रिसमा मेरो घरको महिलाहरुले नै मुनीलाई कुटपिट गरेको उनले दावी गरे ।