रोग लुकाएर राख्ने गरेका कारण जटिल समस्यामा निजगढका महिलाहरु

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

निजगढ । आधा भन्दा बढी जनसंङख्या रहेका महिला समुदाय अहिले पनि आफनो प्रजनन समस्या खुलेर बताउन लाज मान्ने र रोग लुकाएर राख्ने गरेका कारण जटिल समस्यामा पर्दै आएको खुल्न आएको छ ।

शिक्षित र पुर्ण साक्षर रहेका निजगढ नगरका महिलाहरु समेत खुलेर आफनो समस्या राख्ने गरेका छैनन । जसका कारण महिलाहरुमा हुने यौन रोगहरु, पाठेघरको क्यान्सर र पाठेघर खस्ने समस्या, छातीको क्यान्सर लगायत अनगिन्ती समस्या भएपनि घर समाजले कुरा काट्ने र समस्या भएपनि लुकाई राख्ने गरेका कारण क्यान्सर लगायत जटिल समस्यामा पर्दै आएको निजगढ नगरपालिकाले शुरु गरेको एकिकृत महिला प्रजनन स्वास्थ्य सेवा क्लिनिक शुरु भएपछि खुल्न आएको छ ।

निजगढ नगरपालिकाले शुरु गरेर्र्र्को उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवद्र्धन कार्यक्रम’ अन्र्तगत बाराको निजगढमा हुदै आएको एकिकृत महिला प्रजनन स्वास्थ्य सेवा क्लिनिक मार्फत सो जानकारी आएको हो । नाम नराख्ने निजगढ ८ की एक महिला भन्छिन् पेट दुख्ने लगायतको समस्या भएर नगरपालिकाले शुरु गरेको क्लिनिकमा जचाउदाँ पाठेघरको क्यान्सर फेला परयो । घर परिवार र समाजले समेत जानकारी पाएपछि सोधखोज टिक्काटिप्पणीले अत्यन्तै दुःख लागेको छ ।

त्यसैले नाम नराख्न भन्दै नगरपालिकाले सञ्चालन गरेपछि आफनै ठाउमा आउने महिला डाक्टरसग खुलेर आफनो समस्या राख्न पाउदा र चेकजाँच समेत निःशुल्क हुदा अत्यन्तै खुशी छु । समयमै चेक नगरेको भए अझै जटिल समस्या हुने रहेछ अहिले भरतपुर गएर औषधि खाईरहेको बताईन । अरुलाई पनि रोग नलुकाउन र रोग नदेखिएपनि चेक गर्न सुझाब दिदै नगरले हामी जस्ता धेरै पिडित महिलाका लागि कार्यक्रम ल्याएपनि प्रचारप्रसार नपुगेको बताइन ।

हरेक महिनाको पहिलो आईतबार १० बर्ष देखि माथिका सबै महिलाहरुको प्रजनन सम्बन्धि विभिन्न समस्याहरुको चेक जाँच बिेशेषज्ञ डाक्टर बोलाई निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा महिलाहरुकै लागि छुट्टै क्लिनिक सञ्चालन हुदै आएको छ ।

क्लिनिकमा पाठेघरको मुखको क्यान्सर, पाठेघर खसेको पत्ता लगाउनुका साथै ल्याब जाँच र आवश्यक उपचार र औषधि समेत निःशुल्क उपलब्ध गराउदै आएको नगरपालिका अन्र्तगत स्वास्थ्य शाखाकी सिनिअर अनमी रामप्यारी तिमल्सिनाले बताउनु भयो ।

गतबर्ष फागुन बाट शुरु गरेको ६ महिनामा कार्यक्रमबाट करिब ५०० भन्दा बढीले परिक्षण गराएका छन् । पेट दुखेर र सामान्य अबस्थामा चेकचाँज गराउन आएका मध्ये अहिलेसम्म ६ जना पाठेघरको क्यान्सर फेला परी सकेको तिमल्सिनाले बताईन । त्यसैगरी पाठेघर खसेका बिरामी ११ जना फेला परेकामा सबैको रिङग हाली उपचार भएको उनले बताईन । उनले जटिल समस्या देखिएका ४६ जनालाई विभिन्न अस्पतालमा रिफर गरिएको बताईन । सबै बिरामीको थप उपचारका लागि सहजिकरण , आवश्यक सहयोग र फलोअप समेत हुदै आएको र तराई जस्तो समथर भुभागमा पाठेघर खसेका बिरामी समेत धेरै फेला परेको उनले बताईन ।

प्रदेश नं. २ मै निजगढ नगरपालिकाले उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवद्र्धन कार्यक्रम अन्र्तगत एकिकृत महिला प्रजनन स्वास्थ्य सेवा क्लिनिक शुरु गर्ने पहिलो रहेको छ ।

महिलाहरुको प्रजनन सम्बन्धि समस्याको पहिचान र उपचार प्रमुख हुने भएपनि लुकाउने र समयमै उपचार नपाउने गरेको बताउदै यी समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले उच्च प्राथमिकता दिदै यो कार्यक्रम सञ्चालन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले बताउनु भयो ।

महिलाहरु खुलेर आफनो समस्या परिवारमा राख्नु पर्ने र रोग लुकाएर राख्न नहुने निजगढ नगरपालिकाका नगर उपप्रमुख लिलादेवी लामिछाने खनालले बताउनु भयो । उहाँले महिलाका प्रजनन समन्धि सबै समस्या विशेषज्ञ महिला डाक्टर सहितको नगरपालिकाले शुरु गरेको क्लिनिकमा आएर निःशुल्क चेकजाँच गर्न सबैलाई सुझाब दिनु भयो । नगरपालिकाको पहलमा पाठेघरको क्यान्सर पत्ता लगाउने मेशिन प्रदेशमै एकमात्र निजगढमा रहेको समेत उहाँले बताउनु भयो । उहाँले क्यान्सर र जटिल समस्या देखिएका न्यून आय भएका महिलाहरुका लागि अप्रेशन लगायतका थप उपचारमा समेत सहयोग गर्दै आएको समेत बताउनु भयो ।


नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले आधा भन्दा बढी जनसङख्या रहेका महिलाहरुका धेरै समस्याहरु मध्ये प्रजनन सम्बन्धि धेरै समस्याको पहिचान र उपचारका लागि प्रदेशमै पहिलो पटक पाठेघरको जाँच सहित महिलाहरुको उपचारका लागि महिला डाक्टर सहितको क्लिनिकले महिलाहरुका लागि आफनै ठाउँमा सहज भएको बताउनु भएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content