नेपाली काग्रेस बाराको ४५ दिनदेखिको धर्ना अन्त्य, विवादित स्थानमा पुरानैबाट महाधिबेशन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.4k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

सिमरा । नेपाली काग्रेस बाराको नेतृत्वले बिधान विपरित एकपक्षिय ढङगले बितरण गरेको कृयाशिल सदस्यता खारेजीको माग गर्दै ४५ दिनदेखि केन्द्रिय कार्यालयमा धर्नामा बसेकाहरुले आफुहरुको माग आंशिकरुपमा पुरा भएपछि धर्ना कार्यक्रम स्थगित गरेका छन् ।


नेपाली काग्रेस बाराका पुर्व सभापति एवम पुर्व सभासद लालबाबु सिंह, पुर्व सभासद रामअयोध्या यादब, निजगढ नगरका नगरप्रमुख सुरेश कुमार खनाल, महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादब, नेका बाराका सचिब मनोज भट्ट, नेविसंघका पुर्व सहमहामन्त्री राजेश रौनियार लगायतका नेता कार्यकर्ताहरुले पार्टीको जिल्ला नेतृत्वले बिधि बिधान विपरित सदस्यता बितरण गरेको भन्दै केन्द्रिय कार्यालयमा उजुरी गरी धर्नामा बस्दै आएका थिए ।

कृयाशिल सदस्यता छानविन समितिले बाराको विषयमा उजुरी परेका विवादित स्थानमा १३ औ महाधिबेशनको कृयाशिल सदस्यताबाट महाधिबेशन गर्ने गरी प्रतिबेदन पार्टी सभापतिलाई बुझाएपछि धर्ना स्थगित गरेको पुर्व सहमहामन्त्री राजेश रौनियारले बताए ।

बाराको १ र ४ नं. निर्वाचन क्षेत्रका सबै वडाहरु विवादित १३ महाधिबेशन नविकरणबाट मात्र अबिधेशन गर्ने 

जस अनुसार अब बाराको १ र ४ नं. निर्वाचन क्षेत्रका सबै वडाहरुको नयाँ कृयाशिल सदस्यता विवादित भएपछि छानबिन समितिले १३ महाधिबेशन र सो अघिका नविकरणबाट मात्र महाधिबेशनमा सहभागी गराउने र नयाँलाई महाधिबेशन पछि प्रकृया पुराएर सदस्यता दिने निर्णय गरेको छ ।

कृयाशिल सदस्यता छानविन समितिले बाराको विवादित १६६ जनाको फारम १४ औ महाधिबेशनमा स्थगित गरी महाधिबेशन पछि प्रकृया पुराएर सदस्यता दिने निर्णय गरेको छ ।

निर्वाचन क्षेत्र ३ को ३ वडा विवादित १३ महाधिबेशन नविकरणबाट मात्र अबिधेशन गर्ने 

बाराको कम विवादित क्षेत्र निर्वाचन क्षेत्र ३ फेटा वडा नं. ७ , कलैया वडा नं. १४ , जीतपुरसिमरा वडा नं. १४ को नयाँ कृयाशिल सदस्यता स्थगित गरी १३ महाधिबेशनको नविकरणबाट मात्र अबिधेशन गर्ने निर्णय गरेको छ ।

निर्वाचन क्षेत्र २ को १७ वडा विवादित १३ महाधिबेशन नविकरणबाट मात्र अबिधेशन गर्ने 

त्यसैगरी बाराकै प्रतिनिधि सभा क्षेत्र नं. २ मा पचरौता वडा नं १,२,६,७,८,९ , सुवर्ण गाउपालिका वडा नं. २ ,३,४ , देवताल गाउपालिका वडा नं. ४, महागढीमाई वडा नं. १ , २, ४, ६,७, र करैयामाई वडा नं. २ र ५ को नयाँ सदस्यता स्थगित गरी १३ महाधिबेशनको नविकरणबाट मात्र अबिधेशन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी नविकरणमा छुट भएका प्रतिनिधि सभा , राष्ट्रिय सभा, र स्थानीय तहका जनप्रतिनिधिको सदस्यता नपाएको अबस्थामा प्रमाण सहित आएमा सदस्यता केन्द्रले दिने निर्णय समेत छानविन समितिले गरेको छ । यता नेपाली काग्रेस बाराका पार्टी सभापति सहित नेतृत्व समेत बिधि सम्बत बितरण गरेको सदस्यता रोक्न नहुने भन्दै केही दिन धर्नामा बसेको थियो । उनीहरुले नयाँ वितरण गरेको सदस्यता अनुमोदन हुनु पर्ने माग राख्दै आएका थिए ।

पार्टीले गाउँ र नगर वडा अबिधेशन भाद्र १८ गते , गाँउ नगर अबिधेशन भाद्र २७, प्रदेश सभा क्षेत्रिय अबिधेशन असोज १ तथा एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला अबिधेशन असोज १० गते निर्वान गर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content