सिमरा । इलाका प्रहरी कार्यालय सिमरा बाराले प्रतिबन्धित लागू औषध १५ किलो गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका वडा न।१३ बस्ने बर्ष ३३ को दिपक पाख्रिन र सोही मोटरसाइकल पछाडी सवार ऐ।ऐ। बस्ने बर्ष २५ को बाबुराम वाईबा रहेका छन ।
सिमराबाट खटिएको प्रहरी टोलीले जितपुरसिमरा उ।म।न।पा।वडा नं।०५ स्थित बीरगंज पथलैया सडक खण्डको रातो पुल नजिक सडकमा पथलैयाबाट बीरगंज आउँदै गरेको ना। ४६ प।५९३१ नम्वरको मोटरसाइकल रोकी चेकजाँच गर्दा सो गाँजा र सवार दुई पक्राउ परेका हुन ।
पिठ्युमा बोक्ने २ वटा झोलाभित्र राखी लुकाई छिपाई ल्याएको अवस्थामा प्रतिवन्धित अवैध लागू औषध गाँजा सहित पक्राउ परेका उनीहरुलाई लागू औषध मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।
त्यसैगरी लागू औषध मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् । बारा जिल्ला अदालतको २०७५ बैशाख २४ गतेको फैसला आदेशले २ वर्ष कैद र रू।१५,००० जरिवाना ठहर भई फरार रहेका प्रतिवादी जिल्ला बारा विश्रामपुर गाउँपालिका वडा नं।१ बस्ने वर्ष ५५ को पन्नालाल साह तेलीलाई लुकिछिपी बसेको अवस्थामा खोजतलास र पक्राउ गरी कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको जनाईएको छ ।