मन्त्री साहले गरे ईलाका प्रहरी कार्यालय निजगढकाे निरीक्षण

तराइ संचार
तराइ संचार 758 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा : प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले निजगढ ईलाका प्रहरी कार्यलयको निरीक्षण अवलोकन गरेका छन् ।
अनुगमनको क्रममा प्रहरी चौकीमा देखिएका भौतिक समस्याहरु समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यालय प्रमुख प्रहरी निरीक्षक शंकर चाैधरीले नयाँ भवन बनाउन आवश्यक रहेकाे जानकारी गराएका थिए ।
दुई दिनअघि मन्त्री साहलाई भेटेर नेकपा (माओवादी केन्द्र) का प्रदेश २ का कमिटी सदस्य रविराज दंगालले निजगढकाे प्रहरी कार्यालय र चाैकीकाे समस्याबारेमा अनुगमन गर्न आग्रह गरेका थिए ।
नेता दंगालले ईप्रका निजगढकाे भवन, गाडी र प्रहरी चाैकीकाे लागि पर्खाल र माेटरसाईकल आवश्यक रहेकाे बारेमा मन्त्री साहलाई जानकारी गराएका थिए ।
मन्त्री साहले निजगढकाे भविष्यलाई हेरेर आवश्यकतालई हेरेर विकास गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्रयाककाे विकाससंगै सुरक्षा लगायतकाे प्रवन्धमा जुट्ने बेला आएकाे बताए ।

शेयर
प्रतिक्रिया
Skip to content