चलचित्र बिकास बोर्डका सदस्य श्रेष्ठद्वारा स्वास्थ्य सामाग्री वितरण

तराइ संचार
तराइ संचार 745 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ ।
चलचित्र बिकास बोर्डका केन्द्रीय सदस्य तथा नेपाल सांस्कृतिक संघ बाराका सभापति भाईकाजी श्रेष्ठले स्वास्थ्य सामाग्री वितरण गर्नुभएकोछ । चलचित्र बिकास बोर्डका केन्द्रीय सदस्य श्रेष्ठले निजगढ नगरपालिका वडा नम्बर १ र १० कार्यालयलाई कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणकालागि आवश्यक विभिन्न स्वास्थ्य सुरक्षा सामग्रीहरु वितरण गर्नुभएकोहो ।
श्रेष्ठले दुईवटा वडालाई २ थान अक्सिजन कन्सनट्रेटर,२ हजार थान सर्जिकल मास्क,१ हजार थान एन ९५ मास्क,१०० थान फेस सिल्ड,२५० थान ह्याण्ड ग्लब्स,६ थान अक्सिमिटर,२ थान थर्मोगन,१० थान थर्मोमिटर र गाउन वितरण गर्नुभएकोहो । वडा नम्बर १ र वडा नम्बर १० को वडा कार्यालयमा कार्यक्रमको आयोजना गरी सो सामाग्रीहरु वितरण गरिएको कार्यक्रममा सहभागी स्थानीय समाजसेवी रामचन्द्र लामाले बताउनुभयो । कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्नकालागी आवश्यक सामाग्रीहरु वितरण गरिएको श्रेष्ठले बताउनुभयो ।

शेयर
प्रतिक्रिया
Skip to content