बालिका करणी गर्ने युवक पक्राउ

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । बाराको कलैया उपमहानगरपालिका वडा नं।१८ मोतिसर निवासी एक युवक एक नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

बर्ष २१ को सुजित कुमार साहले १५ वर्षिय नाबालिकालाई विगत ८ महिनादेखि ललाई फकाई जबर्जस्ती करणी गर्दै आएको र करिब ७ महिनाको गर्भवती बनाएको अभियोगमा उनलाइ पक्राउ गरिएको हो ।

जबरजस्ती करणी मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका नि।कार्यालय प्रमुख एवम प्रवक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले प्रेस विज्ञप्ती मार्फत बताउनु भएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content