जगदम्बा स्टिलले स्थापना गरेको ग्याँस प्लान्ट नहटेसम्म मर्न परेपनि ताला खोल्न दिन्न – वडाध्यक्ष श्रेष्ठ

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 916 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । सिमरामा रहेको जगदम्बा स्टिलले स्थापना गरेको नयाँ प्लान्ट नहटेसम्म जगदम्बामा लगाईएको ताला खोल्न नदिने जीतपुरसिमरा वडा नं. २ का वडाअध्यक्ष तिलक श्रेष्ठले बताउनु भएको छ ।

वडाअध्यक्ष श्रेष्ठले भर्ने जबसम्म यो नियन्त्रण हुदैन, ग्याँस प्लान्ट हटदैन तबसम्म यो चाबी खोल्दैन जो सुकै आओस आफु मर्न समेत तयार छु । जनताको सामु मैले बोलेको छु । ताला खोल्ने काम हुदैन ।’

जबसम्म ग्याँस प्लान्ट हट्दैन र जगदम्बाको प्रदुषण नियन्त्रण हुदैन तबसम्म जुनसुकै शक्ती आएपनि ताला खोल्न नदिने श्रेष्ठले बताउदै स्थानीय जनताको समस्यामा आफू नभागेर स्थानीय वडाअध्यक्षका रुपमा आफैले तालाबन्दी गरेकाले शंका नगर्न उनले आक्रोशित सिमराबासीलाई आग्रह गरे । वडाअध्यक्षको मिलोमतोमा जगदम्बा स्टिलले मनपरी गर्दै आएको स्थानीयले आरोप लगाईरहेको अबस्थामा श्रेष्ठले मर्न तयार छु तर ग्याँस उद्योग बन्द नभएसम्म वडाले लगाएको ताला खोल्न नदिने भन्ने जनतासगको प्रतिबद्धताले एक पटक जगदम्बा फेरी विवादमा आएको छ ।

आज शुक्रबार जगदम्बा स्टिल सिमराले नयाँ शुरु गरेको ग्याँस प्लान्ट लिकेज भई प्राविधिक भागाभाग गरेपछि स्थानीयहरु समेत भागाभाग र त्रसित मात्र हैन श्वास प्रश्वासमा समस्या भई स्थानीयले तोडफोड गर्दै बन्द गरेका थिए ।

जगदम्बा स्टिल सिमरामा तालाबन्दी

जगदम्बा स्टिल प्रा.लि.को स्थानीयको सहमति विपरित नयाँ ठुलो मेशिन जडान,प्रहरी र स्थानीयबिच भिडन्त

भत्किएको घरमा जोखिम मोलेर बस्न बाध्य स्थानीयलाई जगदम्बाको धम्की

जगदम्बाको फलाम गलाउने भट्टी पड्किएर मृत्यु भएका मजदुरले उद्योगबाट १० लाख ५० हजार पाए

शेयर
प्रतिक्रिया
Skip to content