पत्रकार नूर आलम बादशाहलाई कुटपिट, पत्रकार महासंघद्धारा कार्वाहीको माग

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 854 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । नेपाल पत्रकार महासंघ बारा शाखाले बारा जिल्लाको सिम्रौनगढ नगरपालिका निवासी रेडियो बादलका प्रवन्ध निर्देशक एवम पत्रकार महासंघ बाराका सदस्य नूर आलम बादशाहलाई कुटपिट गर्ने उपर कार्वाहीको माग गरेको छ ।

आईतबार महासंघ बाराका अध्यक्ष रेशम तिवारीले सञ्चारकर्मी माथिको आक्रमण र कुटपिट प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको जनाउदै निश्पक्ष छानबिन र दोषी माथि कार्वाहीको माग गरेका हुन । कुटपिटबाट घाईते भएका उनलाई कलैया अस्पतालमा उपचार गराई रहेका छन् ।

घाईते बादशाहका अनुसार आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष मुस्तुफा अन्सारी समेत पाँच जनाको समुहले गाउपालिका अध्यक्षकै कार्यकक्षमा कुटपिट भएको हो ।

उनले घरमा बिरामी भएपछि गाँउपालिकाको एम्बुलेन्स माग गर्न गएको र चालक नभएपछि भएको विवाद साम्य भईसकेको अबस्थामा गाँउपालिकाका अध्यक्ष अन्सारीले पुनः साझ ५ बजे आफनै कार्यकक्षमा बोलाएर अध्यक्ष सहित पाँच जनाले कुटपिट गरी घाईते बनाएका हुन । उनको टाउको र घाटीमा चोट लागेको छ ।

लोकतन्त्र स्थापनामा अग्रणी भुमिका निर्वाह गरेका सञ्चारकर्मी माथि जनप्रतिनिधिहरुकै ईसारामा पटक पटक कुटपिट हुदै आएको अबस्थामा दोषीमाथि कार्वाही हुन नसक्दा यस्ता घटना दोहरिदै आएका छन् । महासंघले आक्रमण गर्नेहरुलाई तत्काल पक्राउ गरी कडा कानूनी कारबाही गर्न माग गरेपनि स्थानीय प्रशासनले आज दुई दिन बित्न लागेपनि पक्राउ गर्न सकेको छैन ।

शेयर
प्रतिक्रिया
Skip to content