जीतपुरसिमरामा युवाहरु आन्दोलित, नगरलाई फोहरको उपहार

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले लामो समयदेखि नगरको फोहर नउठाएर दुर्गन्ध फैलिएपछि स्थानीय युवाहरुले बिरोध स्वरुप फोहर उपमहानगरको गेटमा फोहोर जम्मा गर्न थालेका छन् ।

युवाहरुले उमपहानगरपालिकालाई बजारको फोहोर उपहार पठाएर बिरोध कार्यक्रम शुरु गरेको भएपनि उपमहानगरपालिकाले ठेकदार खटाउने र फोहर उठाउने तर्फ मौन रहदै आएको छ । लामो समयदेखि फोहोरे व्यवस्थापन नहुदा नगरमा दुर्गन्ध फैलनुको साथै बिभिन्न रोगको प्रकोप हुने खतरा रहेको छ । सडकको फोहोर नउठेपछि नगर क्षेत्र नै दुर्गन्धित बनेको होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माले बताए । ‘फोहोर व्यवस्थान गरेर नगरलाई सफासुग्घर राख्नु पर्छ,’ उनले भने, ‘सडकको फोहोरले नगर कुरुप बनेको छ ।’ नगरलाई सुन्दर र सफा बनाउन फोहोर व्यवस्थापन गर्न सम्बन्धित निकायसंग उनले आग्रह समेत गरे ।

सिमरा र औराहाका युवाहरुले सिमरा बजारको फोहोर उपमहानगरपालिकाको गेटमा थुपारेका हुन् । किशन ढकाल र अजित खतिवडाको नेतृत्वमा रहेको युवाहरु टोलिले एकाबिहानै सिमराको फोहोर संकलन गरी उपमहानगरपालिकाको गेटमा थुपारेको हो ।

हामीले जति भन्दा पनि उपमहानगरले सुनेन्, बाध्य भएर बजारको फोहोर उपहार पठायौ’ किशन ढकालले बताए । उपमहानगरपालिकालाई पटक पटक फोहोर व्यवस्थापनको लागी ध्यानाकष्र्ण गराएपनि बेवास्ता गरेकाले बाध्य भएर उपमहानगरको गेटमा फोहोर थुर्पानु परेको ढकालले बताउनुभयो ।
उनीहरुले तत्कालै फोहोर व्यवस्थापन गर्ने बिषयमा उपमहानगरपालिकाले चासो नदेखाए प्रत्येक दिन गेटमा फोहोर थुर्पाने युवाहरुले चेतावनी दिएका छन् ।
नगरका नगरप्रमुख डा. कृष्ण पौडेलका आफन्तलाई फोहरको ब्यबस्थापन ठेक्का लगाईएको फोहो नउठाएर काम नगरेपनि रकम भुक्तानी गरेको भन्दै वडा अध्यक्षहरुले बिरोध गर्दै आएका छन् ।

औराहाका युवाले उपहार स्वरुप दिईएको फोहोर कार्यालयको मुख्य प्रवेशद्वारमा थुपारिएको छ ।

उपमहानगरपालिका मेयर कृष्ण पौडेल, प्रशासकिय अधिकृत, उपमेयर सरस्वती चौधरी, सम्बन्धित वडाध्यक्षलाई पटक–पटक फोहोर व्यवस्थापनको लागि ध्यानाकर्षण गराईएपनि उनीहरुले कानमा तेल हालेर बसेपछि उपमहानगरपालिका कार्यालयमै फोहोर थुपार्न बाध्य हुनु परेको बिरोधमा उत्रिएका युवाहरुले जनाएका छन् ।

उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधीको कार्यकाल सक्न लागेपनि अहिले सम्म सामान्य नगरको आधारभुत कामहरु समेत हुन सकेको छैन । डम्पीङ साईडको व्यवस्थापन हुन नसकेको स्थानीयले गुनासो गरेका छन । उपमहानगरपालिकाले फोहोर संकलन गर्न ठेक्का लगाएपनि ठेकेदारले विगत तीन महिना देखी फोहोर नउठाएको सिमराका स्थानीय गोपाल शर्माले बताए ।

स्थानीयले विरोध गर्दै दुधौरा खोलामा फाहोर फाल्न अवरोध पुर्याएपछि फोहोर संकलन कार्य अवरुद्ध भएको जितपुरसिमरा उपमहानगरपालिकाकी उपमेयर सरस्वती चौधरीले बताएकी छन । डम्पीङ साईडको अभावमा फोहोर व्यवस्थापनमा समस्या भईरहेको चौधरीले बताईन ।

भिडिओ भिम उपाध्यायको सामाजिक सञ्जालबाट साभार

शेयर
प्रतिक्रिया
Skip to content