साफ च्याम्पियनसिपको तयारी आज नेपाल र भारतको मैत्रीपूर्ण फुटबल खेल

तराइ संचार
तराइ संचार 656 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सुरज गौतम
काठमाण्डौ । नेपाल र भारतको राष्ट्रिय फुटबल टोलीबीच आज नेपालमा मैत्रीपूर्ण खेल हुदै छ । खेल आज साँझ ५ः३० बजे दशरथ रंगशालामा हुने खेलमा फुटबल खेलप्रेमीहरु उत्साही बनेका छन् । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको खेलमा आफूहरूले नै जित्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । त्यसमा भारतले १३ खेल जित्दा नेपालले दुई खेल मात्रै आफ्नो पक्षमा पारेको छ । त्यस्तै नेपाल र भारतीचका चार खेल बराबरीमा सकिएको इतिहास छ ।

नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २० गते खेल्नेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसगँ मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म हुनेछ ।

शेयर
प्रतिक्रिया
Skip to content