कलैया । बाराको प्रसौनी ४ खुटवाबाट चोरी भएको मोटरसाईकल सहित एक जना पक्राउ परेका छन् ।
प्रहरीले गए राती बिहान २ बजेको समयमा बारा प्रसौनी वडा नं।४ खुटवा टोल स्थित महबुब मियाँ अंसारीको घरको बरण्डामा राखिएको ना ३६ प ३०२५ नम्बरको सि बि साइन मोटरसाइकल चोरी भएको २४ घण्टा बित्न नपाउदै चोर सहित मोटरसाईकल पक्राउ गरेको हो ।
सुचना प्राप्त हुनासाथ जिल्ला बाहिर जाने नाका समेत सिल गरी चोरी भएको मोटरसाइकल तथा चोरी गर्ने व्यक्ति समेतलाई नियन्त्रणमा लिन भनी दिएको निर्देशनबमोजिम तत्कालै इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले प्रसौनी गा।पा। वडा नं।१ स्थित शिव पार्वती धर्मकाटा नजिक चेकजाँच गर्ने क्रममा मोटरसाईकल सहित बारा प्रसौनी गाउँपालिका वडा नं।१ बस्ने हिरालाल रामको छोरा वर्ष २२ को सुरज रामलाई पक्राउ गर्न सफल भएको हो ।
चोरी भएको मोटरसाइकल सहित पक्राउ परेका रामलाई चोरी मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ७ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसनधान भइरहेको प्रहरी प्रवक्ता प्र।ना।उ। गौतम मिश्रले विज्ञप्ती मार्फत जनाउनु भएको छ ।