नेपाल र भारतबीचको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल बराबरीमा

तराइ संचार
तराइ संचार 899 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाडौँ — नेपाल र भारतबीचको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल बिहीबार दशरथ रंगशालमा १–१ को बराबरीमा टुंङगिएको छ ।

नेपालका लागि अञ्जन विष्टले पहिलो हाफको ३६ औं मिनेटमा पहिलो गोल गरे पनि त्यसलाई कायम भने राख्न सकेन । भारतले दोस्रो हाफमा बराबरी गोल फर्काएको हो ।

सुनिलले सुरुमा गरेको शक्तिशाली प्रहार नेपाली गोलरक्षक किरण चेम्जोङले जोगाए पनि त्यसमा राम्रोसँग क्लियर गर्न सकेनन् र त्यसमै अनिरुद्धले ६० औं मिनेटमा गोल गरे । अब दोस्रो खेल आइतबार हुनेछ ।

शेयर
प्रतिक्रिया
Skip to content