समाजवादीमा बाराका थप दुई सभासद, एक कार्यपालिका सदस्यको सनाखत, पुर्व मन्त्री पुरुषोत्तम पौडेल कता ?

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 2.3k - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

निजगढ । सरकारले ल्याएको राजनैतिक दल सम्बन्धि अध्यादेश पछि नेकपा एमाले फुटको असर बारामा पनि देखिन थालेको छ । नेकपा एमालेका बाराका प्रभावशाली नेता एवम कार्यकर्ता एकाएक अन्तिम अबस्थामा आएर नेकपा एकिकृत समाजवादी पार्टीमा खुल्न थालेका छन् । पहिल्यै देखि माधव नेपाल समूहमा खुलेका बाराका एमाले केन्द्रिय सदस्य दिनेश राई अघिदेखिनै नेकपा एकिकृत समाजवादी पार्टीमा छन् ।

आज नेकपा एमालेका तर्फबाट प्रदेश सभामा सदस्य रहेका प्रदेश सभासद एवम एमाले बाराका जिल्ला अध्यक्ष सुन्दर बिश्वकर्मा , प्रदेश सभासद सीता गुरुङ लगायतका नेता कार्यकर्ता एकिकृत समाजवादी पार्टी रोजेका छन । त्यसैगरी स्थानीय तह अन्र्तगत निजगढ नगरपालिकाका कार्यपालिका सदस्य पवन विकले आज आईतबार नेकपा एकिकृत समाजवादी पार्टीमा रहने भनी जिल्ला निर्वाचन कार्यालयमा गई सनाखत गरेका छन् ।

आगामी भाद्र २२ गते भित्र आफ्नो पार्टि रोज्न निर्वाचन आयोगले दिएको निर्देशन बमोजिम बिश्वकर्मा र गुरुङ्ग र विकले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजबादी रोज्नु भएको हो । सांसद द्धय बिश्वकर्मा र गुरुङ्गले आईतबार प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर नेकपा एकीकृत समाजबादीको पक्षमा सनाखत गरेका हुन । बिश्वकर्मा बारा निर्वाचन क्षेत्र नम्बर ४ क बाट प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको हो भने नेतृ गुरुङ्ग समानुपातिक प्रदेश सभा सदस्य हो । योसंगै प्रदेश २ मा नेकपा एमालेको २१ जना प्रदेशसभा सदस्य रहेकामा नेकपा एकीकृत समाजबादीमा खनाखत गर्ने सभासदको संख्या १३ पुगेको छ । यस अघि बाराका दुवै सभासद एमालेको कार्यक्रममा सहभागि हुदै आएका थिए ।

माधव नेपाललाई साथ दिएका एमाले बाराका प्रभावशाली नेता एवम पुर्व मन्त्री पुरुषोत्तम पौडेल अहिले कुनै समूहमा खुलेका छैनन । नेता पौडेल कुन समुहमा लाग्छन भन्ने धेरै नेता कार्यकर्ताले चासोकासाथ हेरिरहेका छन् । शुरुमा माधव समुहमा खुलेका पौडेलको समेत माधव समुहमा केन्द्रिय सदस्य रहेका थिए । हाल पार्टीको दुवै समुहमा नखुली बसेका पौडेल निकट नेता कार्यकर्ता भने एमालेमै खुल्न थालेकाले नेता पौडेल पनि एमालेमै आउने धेरैले आशा गरेका छन् एक एमाले नेताले बताए । प्रभावशाली नेता भएपनि अध्यक्ष केपी ओलीसग दुरी बढेपछि नेता पौडेलले खेलकुद मन्त्रीबाट बिचैमा छाड्नु परेको थियो ।

नेकपा एमाले र एकिकृत समाजवादी पार्टीले विभिन्न कार्यक्रम गर्दै आएका भएपनि कोपनि कार्यक्रममा नेता पौडेल नखुलेका हुन । शनिबार नेकपा एमाले निजगढ नगर समितिले रतनपुरीमा र जीतपुरसिमरा नगर समितिले जीतपुरमा कार्यकर्ता भेला सम्पन्न गरेको छ । दुवै कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका इन्चार्च एवम नेकपा एमालेका केंद्रीय सदस्य महेश बस्नेतले बर्तामान सरकारलाई मापसे सरकारको संज्ञा दिदै बर्तमानको सरकारले जनताको मनोभावनाको प्रतिनिधित्व गर्न नसक्ने बताउनु भयो ।

निजगढ नगरका अध्यक्ष दिलबहादुर लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री बस्नेतले एमालेलाई ठुलो पार्टी बनाउने दायित्व हामी सबैको भएको बताउनु भयो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य ज्वाला साह, अच्युत मैनाली, बलबरि चौधरी लगायतले बोल्नु भएको थियो । कार्यक्रममा अन्य पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत समेत गरिएको थियो ।

       त्यसैगरी जीतपुरमा भएको कार्यक्रममा नेकपा एमाले जीतपुरका अग्रज नेता मोजाहिर अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य मैनाली, प्रदेश नम्बर २ का अध्यक्ष ज्वाला साह, नकपा एमालेका केन्द्रीय सदस्य बलवीर चौधरी, प्रेदश नम्बर २ का प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वतीदेबि चौधरी लगायतको उपस्थिति रहेको थियो । जीतपुरसिमरा दुवै कार्यक्रममा स्थानीय तहका केही वडाअध्यक्ष र उपमेयर समेतको एमालेमै उपस्थिति देखिन थालेको छ । आगामी भाद्र २२ गतेसम्म कुन पार्टीमा को रहने गरी आफ्नो पार्टि रोज्न निर्वाचन आयोगले समय दिएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content