तीज भड्किलो फेसन र देखासेखिकोरुपमा बढ्दै गएको – नेता पराजुली

तराइ संचार
तराइ संचार 535 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बिदुर खतिवडा

सिमरा । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज भड्किलो फेसन र देखासेखिकोरुपमा बढ्दै गएको नेपाली काग्रेसका पुर्व मूख्य सचिब र सबिधान सभाका सदस्य शोभाकर पराजुलीले बताउनु भएको छ ।


सामाजिक बिश्लेषक समेत रहेका डाक्टर पराजुलीले तिज पर्बलाई समय र फेसनको रुपमा बढदै गएको बताउनु भएको हो । मानिसले समय अनुसार रुपान्तरण गर्दै आएपनि तिजपर्ब फेसनको रुपमा मौलाएकोले यसलाई सास्कृतिकरुपान्तरण गर्न जरुरी रहेको पराजुलीले बताउनु भयो । अन्धबिश्वास कुराहरुलाई समयअनुकुल परिवर्तन गर्दै चाडपर्व सबैको उत्सवकोरुपमा मनाउन सकिने गरी सामाजिक सस्कृतिकोरुपमा विकास गर्नुपर्ने बताउनु भयो । गलत संस्कार अबलम्बन गर्ने र मनाउने दुवै खराब रहेकाले एक गरिब बिपन्न भएर तिजपर्व भोकै नबसी कसरी मनाउन सकिन्छ, त्यस तर्फ सामाजिक संस्कृतिकोरुपमा परिमार्जन गर्नुपर्ने बताउनु भयो ।

डा. पराजुलीकी श्रीमति समिन कोईरालाले भने तिज पर्बलाई लोक र भिडको जस्तै भड्किलो र देखासिखी भन्दा सामान्यरुपमा सबैले मनाउन सक्ने गरी मनाउनु पर्ने बताउनु भयो ।

त्यसैगरी तिजमा भोकै ब्रत बसेर श्रीमान्को आयु बढ्ने र पुन्य कमाउने कुरा भ्रम रहेको अगुवा महिला नेतृहरुले जनाएका छन ।

नेपाली काग्रेस बाराका नेतृ नारायणी रायमाझीले आफु तिजको कुनै पनि ब्रत नबसेको भएपनि श्रीमान र आफू सुखि संम्पन्न रहेको बताउनु भएको छ । रायमाझीले तिजपर्बले हुने खाने र हुदा खाने बर्गहरुको बिच खाडल बनाएर विभेद बनाएको बताउनु भयो ।

हुनेखानेले भड्किलो फेसन र देखासेखिकोरुपमा मनाएपछि निम्न आय भएका विपन्न महिलाहरुमाथि विभेद मात्र नभई ठुलो असर पर्ने रायमाझीले बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content