निजगढ । झण्डै आठ महिना अघि कोभिल्डसिल भ्याक्सिन लगाएका सबैले दोश्रो मात्रा खोप लगाउन पाउने भएका छन् ।
बाराका सबै खोप केन्द्रहरुबाट कोभिड–१९ रोग बिरूद्धको राष्ट्रिय खोप अभियान अन्तर्गत भाद्र २२ र २३ गते पहिलो मात्रा कोभिल्डसिल भ्याक्सिन लगाएकाहरुलाई दोश्रो मात्रा एस्टेरा जेनिकाको खोप लगाउन लागिएको हो ।
त्यसैगरी भेरोसिल खोपको पहिलो मात्रा लगाएकाहरुलाई भने दोश्रो मात्रा भाद्र २८ र ३० लगाउने भएको स्वास्थ्य कार्यालय कलैया बाराका नि. प्रमुख राम नरेश यादबले बताउनु भयो ।
यस भन्दा अघि कोभिडसिल र भेरोसेल खोप प्रथम डोज लागि सकेको ब्यक्तिहरुलाई खोप कार्डको अनुगमन गरेर दोस्रो डोज खोप लगाइने बताईएको छ । पहिले लगाएको खोप कार्ड र परिचय खुल्ने कागजात नागरिकता, चालक अनुमति प्रमाण पत्र, कर्मचारी परिचय पत्र , वड़ा कार्यालयको सिफारिस लगायतको आवश्यक कागजात लिएर जानु पर्ने यादबले बताउनु भयो ।