बारामा सोमबारसम्म दुई वडाअध्यक्ष, तीन कार्यपालिका सदस्य र १३ वडा सदस्यले रोजे एकिकृत समाजवादी

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.4k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । नेकपा एमाले विभाजन भएपछि निर्वाचन आयोगले दिएको समयसिमा आज भदौ २२ गते सकिदै गर्दा बारामा नेकपा एकिकृत समाजवादी रोज्ने सङख्या बढदै गएको छ । बारामा सोमबार हिजोसम्म एक वडाअध्यक्ष, एक कार्यवाहक वडाअध्यक्ष, तीन कार्यपालिका सदस्य र १३ वडा सदस्यले मुल पार्टी एमाले परित्याग गरी माधव नेपाल रहेको एकिकृत समाजवादी पार्टी रोजेका छन् ।

एकिकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य दिनेश राईका अनुसार फेटा गाउँपालिका २ का वडाध्यक्ष रवि कुशवाहा र कलैया उपमहानगरपालिका ५ का कार्यवाहक वडाध्यक्ष पुरुषोतम लामाले एकिकृत समाजवादी पार्टी रोजेका हुन् ।

त्यसैगरी नीजगढ नगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका र बारागढी गाउँ पालिकाका कार्यपालिका सदस्यहरु क्रमश पवन विश्वकर्मा , राजकुमार राम र अच्छेलाल रामले एकिकृत समाजवादी पार्टी रोजेका हुन् ।

त्यसैगरी वडा सदस्यहरु रामदास धौजु जीतपुरसिमरा उपमहानगरपालिका १ , चिनिमाया नेपाली जीतपुरसिमरा उपमहानगरपालिका २, खुदरत मियाँ फेटा गाउँ पालिका ६, राजेन्द्र प्रसाद यादव कलैया उपमहानगरपालिका २१ , अतरिया देवी माझी कलैया उपमहानगरपालिका २१, पुन्यवती कंडेल जीतपुरसिमरा उपमहानगरपालिका ४, अमिताभ चौधरी जीतपुरसिमरा उपमहानगरपालिका ४, नसिम मियाँ जीतपुरसिमरा उपमहानगरपालिका ४ ले एकिकृत समाजवादी पार्टी रोजेका हुन् ।

त्यसैगरी लालपरि राम जीतपुरसिमरा उपमहानगरपालिका ४, गेनावती देवी कलैया उपमहानगरपालिका १७, वविता देवी पासवान कलैया उपमहानगरपालिका १७, शुशिला पटेल कुर्मी, कलैया उपमहानगरपालिका ५ र तेतारिय पकुवाइन कलैया उपमहानगरपालिका ५ ले एकिकृत समाजवादी पार्टी रोजेका हुन् ।

शेयर
प्रतिक्रिया
Skip to content