सिमरा । नेपाली काग्रेस जीतपुरसिमरा उपमहानगरपालिकाका नगर सभापति श्यामबाबु गुप्ताले बालबालिकाहरुका लागि करिब ६० हजार बराबरको लागतमा कपडा वितरण गरेका हुन । गरीब तथा विपन्न ८० जना विधार्थीहरुलाई कपडा वितरण गरिएको नेता गुप्ताले बताउनुभयो ।
सञ्चारकर्मी र कराते खेलका प्रशिक्षक समेत रहेका मनोज कुमार साहले संचालन गर्दै आएका निःशुल्क कोचिङ सेन्टरमा अध्यनरत्त जेहेनदार बिधार्थीहरुलाई कपडा नगर सभापति गुप्ताले वितरण गरेका हुन ।
प्रत्येक वर्ष गरिब असहाय विधार्थिहरुलाई आवश्यक सामाग्री वितरण गर्दैै आए अनुसार बितरण गरेको नेपाली काग्रेस नगर सभापति गुप्ताले बताए ।
यस अघि वडा नम्बर १४ स्थित जनता माध्यमिक बिद्यालयमा अध्यनरत्त बिद्यार्थीहरुलाई नगर सभापति गुप्ताले शैक्षिक सामाग्री सहयोग गर्नुभएको थियो ।
रजघट्टामा आयोजित एक कार्यक्रमकाबिच नगर सभापति गुप्ताले बिद्यालयको बिभिन्न कक्षामा अध्यनरत ११ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका हुन ।
नगर सभापति गुप्ताले पोशाक, किताब, कापी, कलम लगायतका शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो ।