वडाअध्यक्ष रामबाबु गुप्ताले गरे खेलकुद सामग्री वितरण

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 539 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाराको जीतपुर सिमरा उपमहाानगरपालिका वडा नं ७ ले फकिरा गिरी राजेश्वर गिरी मााध्यमिक विद्यालयमा अध्ययनरत छात्रछात्राको लागि खेलकुद सामग्री वितरण गर्नु भएको छ ।

वडा नं ७ का वडाअध्यक्ष रामबाबु गुप्ताले वडाबाट छुट्याइएको बजेटबाट विद्यार्थीहरूका लागि शारीरिक तन्दुरुस्ती अति आवश्यक भएको भन्दै खेलकुद सामग्री वितरण गरिएको बताउनु भयो । करिब दुई लाख ५० हजार रुपियाँ बराबरको खेलकुद सामग्री फकिरा गिरी र जीतपुरमै रहेको अर्को विद्यालय मदरसाका लागि छुट्याइएको अध्यक्ष गुप्ताले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक राजुकुमार सिँहको सभाध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक धनञ्जय गौतमले गर्नुभएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content