नेपाली काँग्रेस बारामा को बन्दैछ जिल्ला र क्षेत्रिय सभापति

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.5k - पाठक संख्या
5 मिनेट पढ्न लाग्ने समय

कलैया । नेपाली काँग्रेस बाराको कृयाशिल सदस्यता सार्वजनिक नहुदै जिल्ला सभापति पदका सम्भावित उम्मेदबार बारे चर्चा शुरु भएको छ ।

नेतृत्वले बाराको कृयाशिल सदस्यतामा छानविन समितिले सिफारिस गरे अनुसार सदस्यता सार्वजनिक नहुदै चुनावी चर्चा परिचर्चा शुरु मात्र नभई सदस्य फकाउन नेता कार्यकर्ता सकृय भएका छन् ।

नेपाली काग्रेसको नेतृत्व जिल्ला सभापतिमा हाल चर्चामा छ जनाको नाम अग्रपतिमा रहेको छ । चर्चामा रहेका छ मध्ये अन्तमा दुई वा तिनको मात्र जिल्ला सभापतिमा भिडन्त हुने नेपाली काग्रेसका नेताहरुले बताएका छन् । चर्चामा रहेका जयचन्द्र चौरसिया, रामानन्द यादब, रामअयोध्या यादब, राजेश राय यादब र राजेन्द्र यादब हुन । बारामा तीन गुटको बर्चस्व रहेको छ भने शक्ती केन्द्र त्यो भन्दा बढी रहेको छ ।

संस्थापन पार्टी सभापति शेर बहादुर देउवा गुट, पौडेल कोईराला गुट र सिटौला गुट गरी बिशेषगरी तीन गुट भएपनि उम्मेदबारका आकाक्षी धेरै देखिएका छन् । बारामा दुई पुर्व मन्त्री सहित चार केन्द्रिय सदस्य रहेका छन् । तीन केन्द्रिय सदस्य उमाकान्त चौधरी, फरमुल्ला मंसुर र राधेचन्द्र यादबका आआफनै उम्मेदबार र कोईराला–पौडेल समूह गरी पहिलो चरणमा चार उम्मेदवार सभापतिका लागि हुनसक्ने बताईएको छ ।

सम्भावित उम्मेदबारहरुमा उमाकान्त चौधरी सिटौला समूहबाट एकल उम्मेदवार रामानन्द यादब हुने सम्भावना रहेको छ । फरमुल्ला मंसुर र संस्थापन देउवा समुहबाट जयचन्द्र चौरसिया उम्मेदवार चर्चामा छन् । त्यसैगरी राधेचन्द्र यादब संस्थापन देउवा समुहबाटै कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादब चर्चामा रहेका छन् । यद्यपी अबस्था हेरेर यो समुहले अर्को उम्मेदवार बनाउन समेत सक्ने अड्कलबाजी कार्यकर्ताले गर्दै आएका छन् ।

संस्थापन देउवा समुहबाट एक उम्मेदवार भएको अबस्थामा कोईराला पौडेल र सिटौला समुहबाट समेत एक उम्मेदबार हुने बताईएको छ । कोईराला पौडेल समुहबाट राम अयोध्या यादब र पुर्व जिविस सभापति राजेन्द्र यादब मध्ये एक हुने चर्चा छ ।

नेपाली काँग्रेस बारामा संस्थापन देउवा समुह एक भएको अबस्थामा सबैभन्दा बलियो भएपनि सदस्यता विवाद र ४५ दिनको केन्द्रिय कार्यालयमा आन्दोलनले देउवा समूहका धेरै नेता कार्यकर्ता अर्को समुहमा लागेका छन ।

कोईराला पौडेल र सिटौला समुह सदस्यता विवादमा एक भएर आन्दोलन गरेको र एक हुन नसके कुनै पनि पद जित्न नसक्ने भएका कारण एक उम्मेदबार बनाएर संस्थापन देउवा समुहबाट आउने उम्मेदबारका विरुद्ध लड्न सक्ने सम्भावना समेत रहेको छ । यता संस्थापन देउवा समुहबाट राजेश यादबलाई सभापतिको एकल उम्मेदबार बनाउन नसकेको अबस्थामा यो समूहबाट राधेचन्द्र यादबनै संस्थापन देउवा समुहका एकल उम्मेदबार हुनसक्ने समेत अबस्था आउन सक्ने देउवा समूहका नेता कार्यकर्ताले आंकलन गरेका छन् ।

आगामी दिनमा संस्थापन देउवा समुहको रणनिति तथा वडा र क्षेत्रिय अधिवेशनले कुन समुहमा को उम्मेदबार बलियो छ भन्न सकिने नेपाली काग्रेस बाराका नेताहरुले बताएका छन् ।

बाराका चार क्षेत्रका सम्भावित क्षेत्रीय सभापतिका उम्मेदवार

चार क्षेत्रमा रहेको बाराको १ नं. क्षेत्रमा क्षेत्रिय सभापतिमा वर्तमान सभापति बिजयशंकर यादब र शम्भु बुढाथोकी मध्ये एक संस्थापन देउवा समुहबाट सम्भावित उम्मेदवार रहेका छन भने कोईराला समूहबाट निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश खनाल र सिटौला समुहबाट राम प्रसाद चौधरी सम्भावित उम्मेदबार रहेको बताईएको छ ।

बाराको क्षेत्र नं. २ क्षेत्रिय सभापतिमा संस्थापन देउवा समुहका राम प्रवेश यादब , कोईराला समूहबाट उपेन्द्र यादब सम्भावित उम्मेदवार रहेका छन् ।

बाराको क्षेत्र नं. ३ क्षेत्रिय सभापतिमा वर्तमान सभापति मुकेश कुश्वाहा र प्रभात चौरसिया लगायत सम्भावित उम्मेदवार हुन । कोईराला समूहबाट कुश्वाहा र संस्थापन देउवा समुहबाट चौरसिया भएपनि कुश्वाहानै दुवै समूहको सर्वसम्मत उम्मेदवार समेत हुन सक्ने बताईएको छ ।

बाराको क्षेत्र नं. ४ क्षेत्रिय सभापतिमा संस्थापन देउवा समुहका सुनिल गुप्ता र कोईराला सिटौला समूहबाट विजय गुप्ता सम्भावित उम्मेदवार हुन ।

सदस्यता विवादमा छानविन समितिले गरेको निर्णय

बाराको १ र ४ नं. निर्वाचन क्षेत्रका सबै वडाहरुको नयाँ कृयाशिल सदस्यता विवादित भएपछि छानबिन समितिले १३ महाधिबेशन र सो अघिका नविकरणबाट मात्र महाधिबेशनमा सहभागी गराउने र नयाँलाई महाधिबेशन पछि प्रकृया पुराएर सदस्यता दिने निर्णय गरेको छ ।

कृयाशिल सदस्यता छानविन समितिले बाराको विवादित १६६ जनाको फारम १४ औ महाधिबेशनमा स्थगित गरी महाधिबेशन पछि प्रकृया पुराएर सदस्यता दिने निर्णय गरेको छ ।

बाराको कम विवादित क्षेत्र निर्वाचन क्षेत्र ३ फेटा वडा नं. ७, कलैया वडा नं. १४ , जीतपुरसिमरा वडा नं. १४ को नयाँ कृयाशिल सदस्यता स्थगित गरी १३ महाधिबेशनको नविकरणबाट मात्र अबिधेशन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बाराकै प्रतिनिधि सभा क्षेत्र नं. २ मा पचरौता वडा नं १,२,६,७,८,९ , सुवर्ण गाउपालिका वडा नं. २ ,३,४ , देवताल गाउपालिका वडा नं. ४, महागढीमाई वडा नं. १ , २, ४, ६,७, र करैयामाई वडा नं. २ र ५ को नयाँ सदस्यता स्थगित गरी १३ महाधिबेशनको नविकरणबाट मात्र अबिधेशन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी नविकरणमा छुट भएका प्रतिनिधि सभा , राष्ट्रिय सभा, र स्थानीय तहका जनप्रतिनिधिको सदस्यता नपाएको अबस्थामा प्रमाण सहित आएमा सदस्यता केन्द्रले दिने निर्णय समेत छानविन समितिले गरेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content