१०८औं जन्मजयन्तीकै अवसरमा जीतपुरसिमरामा सरसफाई एवं बृक्षारोपण कार्यक्रम सम्पन्न

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 760 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०८औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी बारामा पनि मनाईएको छ ।

वीपी जयन्तीका अवसरमा कांग्रेस, भातृ एवं शुभेच्छुक संस्थाहरुले देशैभर विभिन्न कार्यक्रम आयोजना गरी रहेको अबस्थामा बारामा पनि सम्पन्न भएको हो । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका वीपी कोइरालाको १०८औं जन्मजयन्तीकै अवसरमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा सरसफाई एवं बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । पेमा नामपर नाम्चे गुम्बा परिषरमा १५० वटा बृक्षारोपण तथा सरसफाई गरिएको हो ।

नेपाली काग्रेसको वडा कमिटिले आयोजना गरेको कार्यक्रमको नगर सभापति श्यामबाबु गुप्ताले बृक्षारोपण गरेर उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर सभापति गुप्ताले वीपीको सिद्धान्त अनुसार नेपाली काग्रेस अघि बढ्नु पर्ने कुरामा जोड दिनु भयो । वडा कमिटि अध्यक्ष ईमानसिङ तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष केदार बजगाई, एमालेका वडा कमिटि अध्यक्ष हरिदेव खरेल, नेपाल प्रेस युनियनका पुर्व अध्यक्ष गणेश रिजाल, एमाले नेता रमेश सापकोटा, समाजसेवी राधेश्याम सिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।

नेपाली काँग्रेस बारामा को बन्दैछ जिल्ला र क्षेत्रिय सभापति

काग्रेस नगर सभापति गुप्ताद्धारा पोसाक र शैक्षिक सामाग्री बितरण

 

शेयर
प्रतिक्रिया
Skip to content