दुर्गा मा. बि.लाई नमुना बिधालय बनाउन तीन प्रमुख अतिथिको उद्धघोस

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 900 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कलैया । बाराको कलैया उपमहानगरपालिका बरेवामा रहेको दुर्गा मा. बि.लाई प्रदेशकै नमुना बिद्यालय बनाउने शुक्रबार बिद्यालयमा आयोजित कार्यक्रमका तीन प्रमुख अतिथिद्धारा उद्धघोस गरिएको छ । बिद्यालयको नव निर्मित भवनको उदघाटन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य पूर्व जिल्ला सभापति राधेचन्द्र यादव, कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादब र उप मेयर रहिमा खातुनले एउटै बिद्यालयमा छुट्टा छुट्टै कार्यक्रम गरी उद्धघाटन गरेका हुन् ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य पूर्व जिल्ला सभापति राधेचन्द्र यादवको प्रमुख अतिथ्यमा सम्पन्न उद्धघाटन कार्यक्रममा बिशिष्ट अतिथिमा कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादव र उप प्रमुख रहिमा खातुन रहेका थिए ।

उद्धघाटन कार्यक्रम पछि ई लाईब्रेरिको कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादबले उदघाटन गरेका हुन ।  बिधालय गुरु योजना अन्तरगत निर्माण भएको २ तल्ले ई लाईब्रेरिको यादबले उद्धघाटन गरेका हुन । ९६ लाखको लागतमा निर्माण भएको २ तल्ले सुबिधा सम्पन्न लाईब्रेरि प्रदेशमै नमुना भएको यादबले बताए ।

यसैगरी कलैया उपमहानगरपालिकाका उप मेयर रहिमा खातुनले सोही बिद्यालयको ४ कोठे भवनको उदघाटन गरेकी हुन । शिक्षा बिभागबाट बिधालय सुधार योजना अन्तरगत प्राप्त बजेटद्धारा निर्माण भएको ३९ लाखको लागतमा निर्माण गरिएको २ तल्ले चार कोठे भवनको रिबन काटेर उपमेयर रहिमा खातुनले उदघाटन गर्नुभएको हो ।

कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादबले कलैया उपमहानगर सरकारले नगरका सवै बिधालयलाई नमुना बनाउन चाहेको बताउनु भयो । बिधालय ब्यवस्थापन समितीका अध्यक्ष अवधेश प्रसाद यादबको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप मेयर रहिमा खातुन, नेपाली काङ्ग्रेस बाराका सभापति जय चन्द्र चौरसिया, पुर्व मन्त्री कलावती पासवान, प्रमुख प्रशासकिय अधिकृत प्रल्हाद बर्नवाल, वडा अध्यक्षहरु, ,नेमकिपा बाराका अध्यक्ष मुक्ति यादब, क्ष्यरोग निवारण संस्थाका अध्यक्ष सुरेश मोदक लगायतको उपस्थिति रहेको थियो । दुर्गा नमुना माबीका प्रधानाध्यापक मनोज यादबले स्वागत गरेको कार्यक्रमको सहजिकरण शिक्षक पवन कुमार यादबले गरेका थिए ।

नेपाली काँग्रेस बारामा को बन्दैछ जिल्ला र क्षेत्रिय सभापति

शेयर
प्रतिक्रिया
Skip to content