निजगढ । सादा पोशाकमा रहेका प्रहरी टोलीले बारा जिल्लाको निजगढस्थित होटल तारा ईनमा आज शनिबार छापामारी गरी केही मानिसलाई पक्राउ गरेको छ ।
बिहान ११ बजेदेखि होटल तारा ईनलाई घेराउ गरी नियन्त्रणमा लिएको प्रहरीले साझ पाँचबजे सम्म सकिएको छैन ।
शंकास्पद ब्यक्तीहरुलाई पक्राउ गरी अनुसन्धान भईरहेकोले बिस्तृत बिबरण सम्पन्न भएपछि सार्वजनिक गर्ने जनाएको छ । बिहान आएको सादा पोशाकको टोलीमा छापामारीका लागि तीन गाडी सुरक्षकर्मी तैनाथ गरिएको र छापामारी पछि होटललाई नियन्त्रणमै राखेर अनुसन्धान भईरहेको प्रहरीले जनएको छ । स्थानीयले जनाए अनुसार एसटिएफ लेखिएका सुरक्षाकर्मीहरुले छापामारी गरेको हो ।
जाली नोटको कारोबार भईरहेको सुचनाका आधारमा सिबिआईको टोलीले छापामारी गरेको आंशका गरिएको छ । यद्यपी यसको पुष्टी हुन बाँकी छ । केही मानिस र रकम पक्राउ परेको जनाईए पनि त्यसको पुष्टी भएको छैन । स्थानीय प्रहरीले छापामारी भईरहेको जानकारीमा आएपनि कसले किन भन्ने जानकारी सहित पुर्ण विवरण पत्रकार सम्मेलन गरेरनै जानकारी गराउने जनाएको छ ।
पत्रकारको भिडियो प्रहरीले डिलेटको बिरोध
यसैबिच छापामारीको हल्ला पछि घटनास्थलमा पुगेका न्युज २४ का संवाददाता एवम नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष मनिता पाण्डेको मोवाईल सुरक्षाकर्मीले खोसेर भिडियो डिलेट गरेको छ ।
प्रहरीले नियन्त्रणमा लिएको व्यक्तिको भिडियो किन खिचेको भन्दै पत्रकार पाण्डेको भिडियो डिलेट गरेको हो । प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा लैजादै गरेको भिडियो खिच्ने क्रममा सादा पोशाकमा रहेका प्रहरीले मोवाईल खोसेर भिडियो डिलेट गरेको पत्रकार पाण्डेले बताईन् ।
घटनाको निन्दा
पत्रकार पाण्डेको मोवाईल खोसेर डिलेट गरेको घटनाप्रति पत्रकार अगुवाहरुले विरोध जनाएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य महेश्वर अधिकारीले डिलेट गर्नु गलत रहेको भन्दै भत्र्सना गरेका छन् । त्यस्तै नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष गुरुप्रसाद गौतमले प्रहरीले स्वतन्त्र प्रेसमाथि गरेको व्यवहार निन्दनीय भएको बताए । पत्रकारलाई गोपनियताका लागि केही समय समचार सप्रेशन नगर्न अनुरोध गरेपुग्ने घटनामा पत्रकारको सम्पतीनै डिलेट हुनु निन्दनिय भएको गौतमले बताए ।
प्रहरीले गोप्य राख्यो
ठुलो संख्यामा सादा प्रहरी होटलमा परिचालन भएको छ । तर प्रहरीले कसलाई किन नियन्त्रणमा लिएको हो भन्ने बारे गोप्य राखेको छ । प्रहरीले होटलमा आवतजावतमा पुर्णरुपमा रोक लगाएको छ ।
सादा पोशाकमा रहेका प्रहरी टोलीसंगै ईलाका प्रहरी कार्यालय निजगढ र जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी भ्यान होटलमा पुगेको छ । छापामारी यो समचार तयार भईन्जेल भईरहेको छ ।