दुई सय ६५ किलोको लडडु चढाई गणेश चतुर्थी मनाईंदै

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 942 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । भगवान गणेशको जन्मदिनका रुपमा मनाईने गणेश चतुर्थी पर्व बारा जिल्लाका हिन्दु धर्मावलम्बीहरुले विभिन्न स्थानमा धुमधामसँग सुरु गरेका छन् । गणेश चतुर्थीका दिनलाई तराई मधेशका हिन्दुहरुले विषेश पर्वका रुपमा मनाउदै आएका छन् ।

हरेक बर्ष गणेश चतुर्थीका दिन गणेश भगवानको भव्य रुपमा पूजाआजा हुदै आएको छ । हरेक बर्ष झै यसबर्ष पनि बारा जिल्लाका विभिन्न स्थानमा गणेश भगवानका ठुल्ठुला मुर्ती बनाईएको छ । शुक्रवारबाट शुरु भएको पुजा ५ दिन सम्म सञ्चालन हुने जनाईएको छ । गणेश चतुर्थका अवसरमा विश्व शान्तिको कामना गर्दै श्री गणेश भगवानलाई दुई सय ६५ किलोको लडडु चढाईको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर बजारमा भब्य शोभा यात्रा सम्पन्न गरी शुरु गरेको हो । बिगत एक दशक देखि जितपुरमा गणेश चतुर्थी पर्व भब्यरुपमा मनाउदै आएका छन् । अघिल्ला बर्षहरुमा झैं यसवर्ष पनि श्री सिद्धिविनायक पूजा समिति जीतपुरको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर स्थित गौशालाको फिल्डमा गणेश भगवानको पूजा अर्चना सुरु गरिएको स्थानीय पत्रकार श्याम गुप्ताले बताए ।

पूजाको पहिलो दिन पूजा समितिका अध्यक्ष श्रीराम साह कानुको अगुवाईमा पूजा स्थलबाट निकालिएको शोभा यात्रामा घोडाजात्रा सहित बाजागाजाका साथ जीतपुर बजारको परिक्रमा गरिएको थियो । शोभा यात्रामा बिभिन्न राजनितिज्ञ दल, स्थानीय समाजसेवी , स्कुलका छात्र–छात्राहरु, बिभिन्न क्लबका पदाधीकारीहरु सहित सयौं श्रद्धालु भक्तजनहरुको सहभागिता थियो ।

५ लाख रुपैंयाको अनुमानित लागतमा भईरहेको सो पूजाका आचार्य पवनेश शास्त्रीका साथमा अन्य आचार्यहरुद्वारा मंत्रको उच्चारण गर्दै पूजा गराई श्री गणेश भगवानको प्रति मूर्तिको स्थापना गरि पूजाको शुभारम्भ भएको हो ।

प्रत्येक दिन प्रवचन, भजन कृतन सहित सांस्कृतिक कार्यक्रमको आयोजना गरिने आयोजक समितिका अध्यक्ष श्रीराम साह कानुले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content