निजगढ । सिआबि सहितको ईलाका प्रहरी निजगढको टोलीले बाराको निजगढस्थित होटल तारा ईनमा झण्डै १० घण्टा नियन्त्रणमा लिएर छापामारी गरी जाली नोटको कारोबारमा संलग्न रहेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका उनीहरुको साथबाट नक्कली नेपाली रूपैयाँ १ हजार दरका २५ थान नोट, छपाईका लागि तयारी अबस्थामा रहेको ९३ थान कागज सहित दई मोटरसाईकल र एक स्कारपियो गाडी बरामद गरेको छ । पक्राउ परेको मोटरसाईकलहरु बा ९१ प ७४३५ र प्रदेश २–०३–००१ प ४२६५ र बा १४ च ९३८२ नम्बरको स्कारपियो गाडी बरामद गरेको हो ।
पक्राउ पर्नेमा रौतहट गुजरा नगरपालिका–३ बलुवा टोल बस्ने २४ बर्षीय सुनिल कुमार राम, ३६ वर्षीय रबिन्द्र कुमार चौधरी, बारा करैयामाई गाउँपालिका–५ निवासी ३६ वर्षीय विशेश्वरप्रसाद चौधरी, बारा कलैया उपमहानगरपालिका–९ रामपुर टोल बस्ने २४ बर्षीय सागर शुक्ला र कलैया उपमहानगरपालि–९ टेङरहर टोल घर भई हाल बारा बिश्रामपुर गाउँपालिका–५ ईटियाही टोल बस्ने २५ वर्षीय राजु कुशवाहा रहेका छन् ।
होटलमा तीन वटा कोठा भाडा लिइ केही दिनदेखि नेपाली नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा सिबिआई समेतको ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले होटलबाट दुई जना र बाँकी ईलाका प्रहरी कार्यालय बिजयपुर लक्ष्मीनिया रौतहटसँग समन्वय गरी उनीहरुलाई पक्राउ गरेको हो । सुनिल रामको घरमा खानतलासी गर्दा नेपाली रूपैयाँ १ हजार दरको नोट आकारको प्रतिगड्डी १०० थान भएको जम्मा ९३ गड्डी कागज, नेपाली रूपैयाँ १ हजार दरको नोट ३९ थान सहित मोटरसाइकल र स्कारपियो गाडी बरामद गरिएको प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले बताउनु भएको छ ।
पक्राउ परेका उनीहरुलाई मुद्रा सम्बन्धी कसूर खोटा चलन मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थपी थप अनुसन्धान भइरहेको प्रहरीले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।
भारतबाट नेपाली एक हजार दरका नक्कली नोट छापेर प्रदेश २ मा कारोबारमा सक्रिय गिरोहलाई पक्राउ गर्न सफल भएको छ ।
नेपाली नक्कली नोटको जालो तोड्न सफल नेपाली प्रहरीको विशेष कार्यदललाई सफलता मिलेको छ । ७० करोडसम्मको बार्गेनिङ्ग भएको सूचनाको आधारमा अप्रेशन सुरु गरेको जनाएको छ ।
टोलीले निजगढको तारा इन होटलमा दुई दिनअघि बसेका ४ जना र उनीहरुको सूचनाको आधारमा एक जना रौतहटबाट नियन्त्रणमा लिएको हो । करिब १० घण्टा लामो अप्रेशन प्रहरीले चलाएको हो । टोलीमा एसटिएफको टोलीसंगै ठुलो संख्यामा ईप्रका निजगढ र जिप्रकाको प्रहरी समेत परिचालन भएको थियो । सक्कली र नक्कली दुवै मिलाएर गड्डी तयार पारिएको अवस्थामामा बरामद् भएको हो ।