बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको सरुवा नयाँमा कृष्णबहादुर कटुवाल

तराइ संचार
तराइ संचार 989 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बारामा नयाँ प्रमुख जिल्ला अधिकारीमा उपसचिव कृष्णबहादुर कटुवाल आउने भएका छन् । बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको सरुवा भएर नयाँ प्रमुख जिल्ला अधिकारी आउन लागेको हो ।

गृह मन्त्रालयले बाराका प्रमुख जिल्ला अधिकारी पौडेललाई मन्त्रालयमै जगेडामा तानेको बताईएको छ । बाराको प्रमुख जिल्ला अधिकारीकोरुपमा आउने कटुवाल झुम्का कारागारका प्रमुख हुन । कटुवाललाई अब बारा पठाइएको मन्त्रालय ले जनाएको छ ।

बारा र तनहुका सीडीओलाई गृहमन्त्रालयमा जगेडामा तान्दै दुवै जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी गृहले सोमवार पठाएको हो । जसअनुसार तनहुँमा विश्व अर्याल र बारामा कृष्णबहादुर कटवाल नयाँ प्रमुख जिल्ला अधिकारी बनेका छन् ।

अर्याल विपद् प्राधिकरण र कटवाल सुनसरी कारागार झुम्कामा थिए । बारामा प्रजिअकारुपमा आएका पौडेललाई समय अघिनै बिचमै गृहमन्त्रालयमा जगेडामा तान्दै अर्कोलाई पठाउनुको कारण खुली सकेको छैन ।

शेयर
प्रतिक्रिया
Skip to content