निजगढ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलमा नेपालले आज मंगलबार ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
नेपालले अल अमिरात क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज पहिलो खेलमा नेपालले अमेरिकालाई हराईसकेको छ ।
नेपाल उच्च मनोबलकासाथ ओमानसगको दोश्रो खेलमा पनि जित्ने लक्ष्यमा रहेको छ । सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।
ओमानले १० खेलमा १६ अंक जोडेको छ भने नेपाल ५ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । लिग–२ को शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा खेल्न पाउनेछन् । नेपालले घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेकोमा नेपाल पराजित भएको थियो ।