दसैंमा सबैका हातमा नयाँ–नयाँ नोट

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.6k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाडौँ ।  यसबर्ष दसैंमा सबैका हातमा नयाँ–नयाँ नोट पाउने भएका छन् । गतबर्ष नयाँ नोट नपाएका सर्वसाधारणले यसबर्ष नयाँ नोट राष्ट्र बैंकले वितरण गर्ने भएको छ । राष्ट्र बैंकले असोज ४ देखि काठमाडौंमा केन्द्रीय कार्यालय बालुवाटार र हरेक प्रदेश कार्यालयमार्फत सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने तयारी गरेको बताईएको छ ।

भीड नहोस् भनेर अगाडीलेखिनै बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट दिन थालिसकेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले ४ गतेदेखि नै बाँडे पनि बैंक र वित्तीय संस्थाले दसैंको १५ दिनअघिबाट मात्र वितरण गर्ने जनाईएको छ ।

सर्वसाधारणले प्रतिव्यक्ति एकपटकमा १८ हजार ५ सय रुपैयाँ ५ देखि १ सय रुपैयाँसम्मको एक–एक बन्डल बराबर नयाँ नोट लिन पाउने भएका हुन । दसैं र तिहारका लागि नयाँ नोटको माग बढ्दो छ ।

शेयर
प्रतिक्रिया
Skip to content